कर्णाली नदी नियन्त्रण आयोजनाका ३ इन्जिनियर घुससहित पक्राउ

नेपालगन्ज, कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन्। शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले इन्जिनियर त्रयलाई घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गरे।

‘तीनै जनालाई १५ लाख घुससहित नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘बाँकी अनुसन्धान हुँदैछ।’ पक्राउ परेका तीनै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।