रामेछाप रामपुरका पहिरो पिडितलाई १ लाख राहात रकम हस्तान्तरण

रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर दाइजोरमा गत हप्ता अविरल वर्षासँगै आएको पहिरोले गोठ भित्किएर किच्दा ज्यान गुमाएकी पदम कुमारी सुनुवारको परिवारलाई जिल्ला प्रशासन कार्यलय रामेछापले राहात रकम हस्तान्तरण गरेको छ ।

गत शुक्रबार विहान ६ बजे भैसी दुहुने बेला एक्कासी गोठमाथिबाट पहिरो खसेर गोठ भत्किएर किच्दा पदम कुमारीको मृत्यु भएको थियो । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी सहितको टोली वडा नम्बर ५ को वडा कार्यलय पुगि पीडित परिवारलाई नगद १ लाख रुपैयाँको साथमा त्रिपाल, कपडा लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेको क्षतीको पैसाले परिपुरण नहुने भन्दै सरकार सधै पीडितसँगै रहेको प्रजिअ केसीले बताउनुभयो । यसअघि मृतकका परिवारलाई रामेछाप नगरपालिकाको तर्फबाट २० हजार नगद र नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा रामेछापले मृतकका परिवारलाई त्रिपाल, , खाना पकाउने र खाने एकसरो भाडाँकुडा, खानेकुरा, कपडा लगायतका सामग्री प्रदान गरेको थियो ।