जुत्तासँग भबिश्य सिउदै पुर्व जनमुक्ति सेना

भन्छन् जिन्दगी सिलाईरहेछु

बिरेन्द्रनगर,सर्खेत कर्णाली प्रदेशको राजधानीको बिरेन्द्रनगर नगरपालिकाको बिरेन्द्रचोक असाध्यै ब्यस्त चोकको रुपमा चिनिन्छ । जन आन्दोलन हुनु भन्दा अगाडी यो चोकको बिचमा राजा बिरेन्द्रको सालिक समेत रहेको थियो । त्यसैले हो यो चोकको नाम पनि बिरेन्द्र चोक रहेको ।

उसो त बिरेन्द्रनगर नगरपालीकाको नाम पनि बिरेन्द्र राजाको नामबाटै राखिएको हो । यो सहरलाई राजा बिरेन्द्र्रले मन पराएको सहरको रुपमा चिन्ने गरिन्छ । त्यसैले हो बिरन्द्रनगर नाम रहन गएको ।

आजभोली ऊ बेलाको जस्तो देखिने राजा बिरेन्द्रको सालिक याँहा दैखिदैन । गणतन्त्र ल्याउनको लागी भएको १९ दिने जन आन्दोलन र माओबादीको शसत्र जनयुद्ध भएको बेला राजा बिरेन्द्रको सालीक त्यो आन्दोलनताका आन्दोलनकारीले तोडफोड गरेर फालीसकेका छन् । त्यसैले राजाको सालिक भएको ठाँउमा खाली सानो निसानाको रुपमा मात्र रहेको चित्र देखिन्छ ।

उसो त यो चोक धेरै मानिसहरुको लागी ओहोर दोहोर गर्ने भिड नै देखिन्छ । तर यहि चोकको माथिपट्टि सानो खाली जमिन छ, त्यहि खाली जमिन भएको ठाँउबाट हो नेपाल प्रहरीले आफ्नो डिउटी गर्ने अनि सोहि खाली जमिन बचेको ठाँउमा हो धेरै मानिसहरुले आफ्नो भबिश्यको गोरेटो सिउने । जहाँ 

जुत्ता सिलाउनेहरुको एउटा जमात नै त्यो ठाँउमा बसिरहेको छ । र भन्छन् हामी हाम्रो भबिश्य च्यातिएका जुत्ताहरु सँग उईनिने सियो र धागो सँग हामीले आफ्नो जीवनको उद्रेको बाटो पनि यहि धागो सँगै सिलाएका छौ ।

सुन्दा अचम्म लाग्न सक्छ राजतन्त्रका बिरुद्धको आन्दोलन र गणतन्त्र ल्याउनको लागी भएको दश बर्षको सशत्र द्धन्दमा सामेल भएका एक पुर्ब छापामार त्यहि जुत्ता सिलाउनेहरुको भिडमा आफ्नो आन्दोलनरत जीवनका असिमीत चाहाना र सुन्दर भबिश्य जीवनका कलिलारहरहरुलाई ती जुत्ताको उद्रेका सिउनहरु भित्र सिलाईरहेका छन् उनी हुन अर्थात कमल रोकाया (रन्जीत ) ।

उमेरले ३ दशक पार गरेका कमलको दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नं। ९ स्थायी घर हो । आजभोली जुत्ता सिलाएर दैनिक १ हजार देखी १५ सय सम्म आम्दानी गरिरहेका कमल रोकाया (रन्जीत) ० २०५८ सालमा आफ्नो बर्गको मुक्तिको लागी भनेर आफुलाई त्यो बेलाको भुमीगत राजनितीमा प्रबेश गराएका थिए ।

जनमिलीसियाको कमाण्डर हुदै जनमुक्ति सेनामा प्रबेश भएको बताउने कमल रोकाया रन्जीत जीवनमा पहिलो चोटी म्याग्दीमा आफुलाई तत्कालिन नेपाली सेनाको गोली हातमा लागेर आफु घाईते भएको बताउछन् । त्यो बेलामा लागेको गोलीले अहिले पनि राम्रोसँग जुत्ता सिलाउन बन्दैन भन्छन् ।

आफु अन्यायको बिरुद्धमा लड्नको लागी यो आन्दोलनमा गएको हु तर आफु नै अन्यायमा परेको थाहा भएन उनी गुनासो गर्छन् । आफुलाई मर्नको लागी आदेश दिने कमाण्डर महेन्द्र बहादुर शाही अहिले कर्णाली सरकारको मुख्य मन्त्री भए पनि आफु जुत्ता सिलाउदै गर्दा कैयौ चोटी यो चोकबाट ओहोर दोहोर गर्छन तर आफ्ुलाई चिन्दैनन् उनी भन्छन् ।

परिबर्तन ल्याउनको निम्ती भएको लडाईमा आफु सहभागी भएकोमा आफुलाई पछुतो छैन तर आफ्ना हिजोका एकै थालीमा भात खाएर सँगै एउटै मोर्चामा एउटै लक्ष्यको निम्ती लडेका साथिहरुले समेत आफुलाई चिन्न छोडेको ले मलाई अहिले यो परिबेशमा आफु देखि आफै निराश हुन मन लाग्छ उनले भने ।

त्यो बेला प्रचण्डले अनेकौ सपना देखाएका थिए तर आज तेत्रो परिबर्तनको निम्ती लडियो आज फेरी उही काम गरेर खानु प¥यो उनि निराशा हुदै भन्छन् । गाँउघरका मानिसहरुले त मलाई हेला गरेका थिए नै तर आज अन्तीममा आएर पार्टीले समेत मलाई हेला ग¥यो ।

उनको गुनासो छ । कैयौ चोटी मेरो कमाण्डर महेन्द्र बहादुर शाही अगाडी पछाडी पुलिसका गाडी लिएर जानु हुन्छ आउनु हुन्छ तर त्यो बेलाको आदेश पालना गर्ने सदस्यलाई चिन्न नै छोड्नु भयो । मलाई अरु केहि पनि आसा थिएन तर मेरो सिप अनुसारको काम दिएको भए म खुसि हुने थिए । उनी मलिन अनुहार मा भन्छन् ।

पार्टीको आदेशको पालना गर्नको लागी भनेर प्रत्याक्रमणको दोस्रो योजना डाढमा टेकेर टाउको हान्ने योजनामा पनि म गण्डक अभियान भरी म लडेको थिए । तर आज त्यो बेलाका सपनाहरु सबै सपना मै सिमित भएको उनी बताउछन् ।यता त्यो बेलामा उनको बिग्रेड कमाण्डरको भुमिकामा रहेका ओम प्रकाश पौडेल (रमेश ) भने सहकर्मीको त्यो अबस्था भएको देख्दा खेरी आफुलाई कता कता निरासा भएको बताउछन् ।

उनी जस्ताको लागी भनेर आफु पनि कैयौ चोटी मुख्य मन्त्रीको मा गएको र पुर्ब जनमुक्ति सेनाको लागी केहि गर्नको लागी सुझाब दिएको मुख्यमन्त्रीले पनि सकरात्मक भएको रमेश ले बताए ।

उनको कमाण्डरकै भुमिकामा रहेका कालीकोट पचालझरना गाँउपालीका अध्यक्ष खड्गराज सेजुवालले रन्जीतको त्यो अबस्था भएको देख्दा आफुलाई दुख लागेको र आफु पनि त्यो अबस्था अन्त्य गर्नको लागी अहिलेको स्थानिय सरकार र प्रदेश सरकारलाई बिषेश गरेर आन्दोलनको निम्ती लडेका साथीहरुको ब्याबस्थापनको लागी आफु पनि सम्बन्धीत निकाएको ध्यानक्रषणको निम्ती लागी पर्ने बताए ।