मर्मस्पर्सी गीत रुनु पर्दैनको म्यूजिक भिडियो सार्बजनिक

सुर्खेत, भन्देउ चरी रुनु पर्दैन बोलको लोक दोहोरी गीतको भिडियो सार्बजनिक भएको छ । धर्मराज न्यौपाने ‘शिशिर’ को लय र शब्द तथा धर्मराज न्यौपाने ‘शिशिर’ र शान्ति श्री परीयारको आवाजमा रहेको सो बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको हो ।

कालीकोटको कालो, मालीका कि माता लगायत दर्जनौं देउडा, आधुनिक तथा जनवादी गीतहरुमा लय, शब्द र स्वर दिएका गायक ‘शिशिर’ को लोक दोहीरी गीत भने पहिलो नै हो । चर्चित गायीका शान्ती श्री परीयार सहितको आवाजमा बजारमा आएको नयाँ म्यूजिक भिडियोले दर्शक र श्रोताका मन जित्ने अपेक्षा गरिएको छ ।

देखिएको सपनीको आधारमा रचना गरिएको सो गीत धेरैजसो मानिसहरुको जीवनसँग मेल खाने भएकाले पनि यो गीतले चर्चा पाउने गायक तथा रचनाकार ‘शिशिर’ ले दाबी गरेका छन् ।

रारा कर्णाली म्यूजिक प्रालिले बजारमा ल्याएको बियोगान्त कथामा आधारीत उक्त गीतमा जनराज बम, आशा खड्का र स्वर्णिम शाहीले अभिनय गर्नु भएको छ ।

82
Shares