बिजेन्द्र नौबागेको तीज गीत ‘सेल्फी खिच्ने हो, सार्वजनिक

काठमाडाैँ,नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा गायक तथा मोडल बिजेन्द्र नौबागेको तीज गीत ‘सेल्फी खिच्ने हो, बोलको गीत लिएर आएका छन् ।

विगत एक दशक देखि निरन्तर गीत संगीतमा लागेका र मोडलिङ सङ्गै शब्द सृजना संगीत गरिरहेका र लोक दोहोरी गीत साथै आधुनिक गीत संगीतमा ब्यस्त गायक तथा मोडेल नौबागेले यति बेला तीजलाई लक्ष्यित गर्दै सेल्फी खिच्ने हो गीत बजारमा ल्याएर आएका छन् । यो गीतमा नौबागे आफै र अनिता राणाले स्वर दिएका छन् ।

यस गीतको भिडियोमा सुजन लामाले निर्देशन गरेका छन् भने मोड्लिङमा स्वयं आफै र एलिना लिम्बूको अभियान साथै क्यामेरामा जनक राज अधिकारीको छायांकन रहेको छ । र प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् । यसलाई एक्टिभ इन्टरटेन्डमेन्ट प्रा.लि. को ब्यानरमा सार्वजनिक गरिएको छ ।

यस्ताे छ भिडियाे