बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ जना अझै बेपत्ता

यस्तो छ पछिल्लो अपडेट

काठमाडौं,हप्तादिनदेखि जारी अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।

बाढी र पहिरोमा परेर ३५ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले जनाएको छ ।

एनईओसीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ गरी २० जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १

प्रदेश नम्बर १ का खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १ भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ गरी १७ जनाको मृत्यु भएको छ ।

 प्रदेश नम्बर २

 प्रदेश नम्बर २ को पर्सामा १, बरामा २, रौतहटमा १ , सिरहामा १ र धनुषामा २ गरी ७ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै प्रदेश नम्बर ५ को पाल्मा १ र दाङमा १ गरी २ तथा कर्णालीको डोल्पामा २ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर ३

 प्रदेश नम्बर ३ मा २०, प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा ७, प्रदेश नम्बर ५ मा २ र कर्णालीमा २ गरी अहिलेसम्म देशभर ४८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै बेपत्ता हुनेको संख्यामा प्रदेश नम्बर ३ मा ९, प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ५ र कर्णाली प्रदेशमा ११ गरी ३५ जना पुगेको छ ।

एनईओसीका अनुसार अनुसार अहिलेसम्म बाढी तथा पहिरोमा फेसेका १ हजार १ सय ४ जनाको उद्दार गरिएकोमा २५ जना घाइते छन् ।

घाइतेहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।