बांकेमा सन्चालित वागेश्वरी सिङ्गिङ आईडलको सेमिफाइनलमा २५ जना प्रवेश

बांके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को गला राउण्ड वाट २५ जना प्रतिस्पर्धी सेमिफाइनलको लागी छनोट भएका छन् ।शनिवार भएको कार्यक्रमवाट यस अघिको पियानो राउण्ड वाट छनोट चालिस जना मध्य २५ जना सेमिफाइनलमा प्रवेश गरेका हुन् । बांके जिल्ला भरका बिभिन्न स्थानिय तहमा भएको अडिसन कार्यक्रम वाट छनोट पच्चिस जना सेमिफाइमलमा प्रवेश गरेका हुन् ।

कार्यक्रमको निर्णायकको भुमिका लोक तथा दोहोरी गायक अमन वली, आधुनिक गायक प्रमोद डिजी, गायिका माया अधिकारी, गायक ललित पहाडी र गणेश राना लगायतको टिमले निर्णायकको भुमिका निर्वाहा गरेका थिए् ।

जिल्लामै पहिको पटक सन्चालित गायन प्रतियोगिताको हो । बिभिन्न सामुदायिक तथा सस्थागत विद्यालयमा अध्यानरत विद्यालय उमेर प्रतिभाहरुको पहिचान गरी उनिहरुको अन्तर्निहित प्रतिभाहरु लाई वाहिर ल्याउने यस्को उदेश्य रहेको कार्यक्रम संयोजक अोम शर्माले वताए ।

नेपाल नागरिक उद्यम सहकारी संस्था लि. को मुख्य प्रायोजन रहेको आईडलमा प्रथम हुनेले पचास हजार र एल्वममा गाउने अवसर, द्धितिय हुनेले तिस हजार र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर पाउने संयोजक शर्माले जानकारी दिए ।

प्रशिक्षार्थी