युवा नेता मल्लको मृगौला प्रत्यारोपण सफल, बहिनिले गरिन मृगौला दान

काठमाडाैँ,दुबै मृगौला फेल भएर उपचारर्थ जाजरकाेटका युवा नेता काली बहादुर मल्लकाे मृगाैला प्रत्यराेपण सफल भएकाे छ ।  राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा डा. पुकार श्रेस्ठकाे टिमले मल्लकाे प्रत्यराेपण सफल पारेकाे हाे । मल्लकी साहिली बहिनि तुलसी मल्ल (चन्द)ले मृगाैला दान गरेकी थिइन ।

मल्लकाे अप्रेशन सफल भएकाे भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रका डा.पुकार श्रेस्ठले जानकारी दिए । डा. श्रेस्ठका अनुसार अहिले मल्ल र बहिनि तुलसीकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे बताइएकाे  छ ।   

जाजरकोटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ल बिगत ३ महिनादेखि डाइलाेसिस गरिरहेका थिए ।  ३१ वर्षका मल्ल जुझारु विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

मल्लकाे मृगाैला प्रत्याराेपन र स्वास्थ्य लाभकाे लागि देश तथा बिदेशबाट थ्रप्रै शुभचिन्तकहरूले अार्थिक सहयाेग गरेका थिए ।