त्रिभुवन विश्वविद्यालयको काईदा,एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री

काठमाडौं, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ ।

अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभाग अन्तर्गतका विषयमाहरुमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो ।

जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियार छानबिनमा छन् । त्रिविले गरेको छानबिनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको हो ।

कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका थिए । तीमध्ये ३ वटामा नम्बर थपिएको भेटिएको हो । राजनीतिशास्त्र स्नातकोत्तरको प्रमाणपत्रमा भने कुनै कैफियत नभेटिएको त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले बताए ।

त्यस्तै कोइरालाले शिक्षा र कानुन सांयमा त्रिविबाटै स्तानक गरेका थिए । ती विषयका सम्बन्धमा पनि समेत छानबिन गरिएको थियो र तिनमा कुनै त्रुटि नभेटिएको पनिकाले बताएको छ । सुदिन कैनीले लेखेको यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।