भारतसँगको हारसँगै वेस्ट इन्डिजको विश्वकप यात्रा समूह चरणमै सकियो

भारत सेमिफाइनल नजिक

एजेन्सी, वेस्ट इन्डिज आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल होडबाट बाहिरिएको छ । वल्ड ट्राफोर्ड मैदानमा बिहीबार राति भएको खेलमा भारतसँग एक सय २५ रनले पराजित भएपछि क्यारेवियन टोली वेस्ट इन्डिजको विश्वकप यात्रा समूह चरणमै सकिएको हो ।

यसजित पछि भारत सेमिफाइनल नजिक पुगेको छ । वेस्ट इन्डिजले अब श्रीलंका र अफगानिस्तानसँग दुई खेल्न बाँकी छ । अफगानिस्तान र दक्षिण अफ्रिका पनि यसअघि बाहिरिसकेका छन् ।

भारतले दिएको दुई ६९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले खराब प्रदर्शन गरेको थियो । वेस्ट इन्डिजले ३४।२ ओभरमा सवै विकेट गुमाएर एक सय ४३ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका सुनिल एब्रिसले ३१ रन बनाए । निकोलस पुरनले २८, सिमरन हेटमायरले १८, केमार रोचले १४ र सेल्डन कोट्रेलले १० रन बनाए । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतका मोहमद सामीले चार विकेट लिए । जसप्रीत बुमराह र युजभेन्द्र चाहलले दुई दुई तथा हार्दिक पाण्ड्या र कुलदीप यादवले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीले अर्धशतकीय पाली खेले । कोहलीले ७२ रन बनाए । धोनीले ५६ रन जोडे । लोकेश राहुलले ४८, हार्दिक पाण्ड्याले ४६, रोहित शर्माले १८ र विजय शंकरले १४ रन बनाएका थिए ।

वेस्ट इन्डिजका केमार रोचले तीन विकेट लिए । सेल्डन कोट्रेल र कप्तान जासन होल्डरले दुई दुई विकेट लिएका थिए । जितसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । विश्वकपमा ६ खेल खेलिसकेको भारत अपराजित रहँदै ११ अंक बनाएको छ । सात खेलमा पाँच हार खपेको वेस्ट इन्डिजले तीन अंक मात्र बनाएको छ ।