अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४ जना घाइते

अछाम, अछामको चौरपाटी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तिनजना विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

गाउँपालिकाको वडाँ नं.३ शोकटस्थित कोलगैरामा से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटनामा परी मूत्यु हुनेमा दशपल्ले माध्यामिक विद्यालय वाट यसै वर्षको माध्यमिक शिक्षा परिक्षा(सिइई) दिएर वसेका १५ बर्षिय रमेश साउद, सोही बिद्यालयमा कक्षा ९ मा अध्यायनरत १५ बर्षिय लक्ष्मी साउद, कक्षा ८ मा अध्यायनरत १५ बर्षिय काली साउद रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले वताए ।

ट्याक्टर चालकले भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । दुर्घटना के कति कारणले भयो अझै खुल्न सकेको छैन ।

घाइते अन्य चार जना घाईतलाई उपचारको लागी अस्पताल पठाइएको छ । घटना स्थल सदरमुकाम देखी तिन घण्टाको दुरिमा रहेकोले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख प्रहरी प्रमुख डिएसपी शाहीले वताए ।