दिन शुभ बनाउन बिहान उठ्ने बित्तिकै के गर्नु हुन्छ के गर्नु हुदैन ?

सामान्‍यतया मानिसहरु आफ्नो दैनिकी अनदेखा गरिरहेका हुन्छन् जसले उसको जीवन शैली नै खतरामा पर्न जान्छ। हामी हरेक दिन निदाउँछौं। बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ।

विशेषत: विहान जब तपाइको आँखा खुल्छ, तब के गर्नु हुन्छ त ? प्रत्‍येक बिहान उठ्दा भुलेर पनि यी काम नगर्न एस्ट्रोलोजर प्रेम शर्मा सुझाव दिन्छन्।

के नगर्ने, गर्ने के ?

१. बिहान ढिलासम्‍म नसुत्नुस्। ब्रम्हमू्र्तको समयमा उठ्नुस्। सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ।

२.बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस्। मोबाइलबाट कुरा नगर्नुस्। त्‍यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ।

३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भएर/सकारात्मक भएर सम्झाउने गर्नुस्।अपशब्द बोल्दै नबोल्नुस्।

४. बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी छ। अझ आजकाल त मोबाइल हेर्ने बानी चलेको छ। एउटा आँखालाई पनि घाटा छ भने बिहानै सामाजिक सञ्‍जाल वा च्‍यानलहरुले नेगेटिभ प्रभावहरु पारिरहेको हुन्छ। हत्‍या,हिंसा, बलात्कार वा अन्‍य जघन्‍य अपराधका समाचारले दिनको खराब सुरुवात हुन जान्छ। मोबाइल र टेलिभिजनमा बिहानै खराब सन्देश र समाचार नसुन्‍नुस्।

५. बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्राय यही बानी छ। यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ। बरु अफिस जाने समयमा वा फ्रेस भएर ऐना हेर्दा उपर्युक्त हुन्छ।

६. बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्‍यक्तिको पनि हेर्दै नहेर्नुस्। छायाँ हेर्नाले पनि ऊर्जा नेगेटिभ बनाइदिन्छ तपाइको शरीरमा।

७.जनावरहरुको तस्बिर/फोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर बस्ने काम नगर्नुस्। शास्त्रीय ढंगले जनावरहरुको तस्बिर हेर्न उचित मानिएको छैन बिहान बिहान।

८. दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्‍यान्सर हुन सक्छ। आजकाल त अझ बेड टी अर्थात ओछ्याउनमै चिया खाने धेरैको बानी हुन्छ। यो काम बन्द गर्नुस्। बरु बिहान मनतातो पानी खानुस्।

९. मसलेदार खाना नखानुस्। खैनी चुरोट र चिया खाँदै हुनुहुन्छ भने यी कामहरु प्रयोगमा ल्‍याउँदै नल्याउनुस्। तपाइ जे खानुहुन्छ, त्‍यस्तै बन्दै जानुहुन्छ।

१०.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। चिया चिनीको सट्टामा सख्खर प्रयोग गर्नुस्। नभए नगर्दा नि उत्तम हुन्छ।