प्राबिधिक शिक्षा किन ?

…….!

यो बहसको सुभारम्भ गरिरहदाँ एसईईको रिजल्ट पनि आई सक्ला । केहि हुल बिद्यार्थीहरु मानाैँ दुर्गम गाँउका कलिला अनुहारहरू आफनो भबिश्यको झोला बोकि फेरि शहर तिर बसाई सरि सक्लान । यो नेपालको परम्परागत रुपमा बिकास भएको संस्कार हो ।  यसो त नौ जवान बिद्याथीले आफनो भविश्यको झोला सपनाको शहरतिर सार्नु अनौठो हैन । बरु अनौठो कुरा यो हो शिक्षाले दिने बिषय बस्तु शैक्षिक नहुनु,बस्तुसंगत र ब्यवहारिक नहुनु । युवा पुस्ताकाे लागि याे भन्दा साेचनिय र चिन्तनिय कुरा अरू के हुनसक्छ ?

विकासशील देशका नागरिक हौं । अझ यसो भनौंँ यो देशमा पुरातनवादी,बुर्जुवा शिक्षाकै कारण पछाडि परिरहेका छौं । हामी राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेको आफैंले बुझेका छैनौं । आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाई गरेर खाने संस्कृतिको विकास नहुनुमा हामीले अहिलेसम्म पाउँदै आएको अनुत्पादक औपचारिक शिक्षा नै हो ।

हाम्रो अवस्थाको जिम्मेवार अहिलेको शिक्षा नै भएको मेरो बुझाइ रहेको छ । प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि पनि परेको छ । यसोत त प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न पर्दैन ।

त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै हो । पछिल्लो समय विद्यार्थी व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन् । यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास पनि लिइएको छ ।

गाउँ–गाउँमा प्राविधिक शिक्षालय पनि खुल्दै छन् । मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि यहीं भेटिन्छ । व्यवसायिक तारिकाले जुनसुकै काम गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बिस्तारै नयाँ पुस्ताका युवाले दिन थालेका छन । नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् ।

मुलुकभित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थी विदेश पलायन भइरहेका छन् । यो राज्यका लागि ठूलो क्षति हो । त्यसैले, हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ ।

यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्न समेत विदेशीकै वर्चस्व देखिएको छ । भारत लगायतका नागरिकले यहाँको अर्थतन्त्र बाहिर लगिरहँदा समेत हामी नेपालीलाई यस्ता सीप सिकाउन सकिरहेका छैनौं । यो विषयमा ध्यान दिनु जरुरी देखिन्छ । हामी आफ्नो काम आफैं गर्न नसकेर पर निर्भर र गरिब हुँदै गइरहेका छौं । पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ । विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न पर्दैन ।

अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छा अनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यही अनुसार निर्णय गर्नुपर्छ । हामीकहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कै हुने अवस्था छ । अब दबाबमा होइन, आफ्नो क्षमता र इच्छा अनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्छ । अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु अत्यावश्यक भइसकेको छ ।

जुन विषय अध्ययन गरिन्छ,त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ । देश विकासको मुख्य आधार शिक्षा प्रणाली हो । त्यसैले, अब सरकारले प्रत्येक जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाको विदेश पलायनको वर्तमान अवस्था अन्त्य गर्नु जरूरी भइसकेको छ । देश बनाउन युवाहरूको सक्रिय र रचनात्मक भूमिका रहने गर्दछ । तसर्थ, उनीहरूलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके पर निर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुनेछ ।

देशलाई आर्थिक विकासमा समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्तरूप दिनु राज्यको उत्तरदायित्व हो । अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ ।

मुलुकभित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थी विदेश पलायन भइरहेका छन् । यो राज्यका लागि ठूलो क्षति हो । त्यसैले, हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ । व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको छ । नेपाल सरकारले रोजगारी मूलक शिक्षा दिनु जरुरी छ । नीतिगतरूपमै शिक्षा सुधार हुन जरुरी देखिएको छ ।