कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक डल्फिन एच.एम.आइ.एस प्रणाली जडान

सुर्खेत- सुर्खेत बिरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक व्यवस्थापकीय सूचना प्रणाली डल्फिन एच.एम.आइ.एस जडान गरिएको छ ।  बिरेन्द्रनगर स्थित ६ नं प्रदेश अस्पतालमा  सोे सफ्टवेयर जडान गरिएको हो।

नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा उक्त सफ्टवयरकाे जडान गरिएको डल्फिनका ब्यवस्थापक दिपक शर्माले जानकारी दिए । 

शर्माका अनुसार अस्पताल ब्यवस्थापनकाे क्षेत्रमा डल्फिन एच.एम.आइ.एस प्रणालीले उत्कृष्ट सुबिधा दिने बताइएकाे छ । शाे सुबिधाबाट सेवाग्रहि प्रत्यक्ष लाभान्वित हुने र अस्पताललाइ ब्यवस्थापन गर्न सहज हुने समेत दावी गरिएकाे छ ।  याे सेवा देशभरका बिभिन्न २५ भन्दा बढि अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा जडान गरिएकाे छ ।