स्थानिय महिलासंग उपमेयर दर्शना,भन्छिन आदर्श सामाज निर्माणको अभियानमा छु

कालिकाेट,तिलागुफा नगरपालिका कालिकोटकी उपमेयर तथा युवा नेतृ दर्शना नेपाली जनताको घरदैलोमा ब्यस्त छन । त्यस्तै योजनाहरुको अनुगमन र चियोचर्च राख्न आज तिलागुफा नगरपालिकाको वडा नं ९ चिल्खाया पुगेकी हुन ।

गतबर्षको कामको समिक्षा र योजनाहरुको अनुसन्धानको लागि दर्शना जनतामाझ पुगेकी बताउछिन  ।

जनताको बिचमा सबैथोक देख्ने उपमेयर नेपाली भन्छिन् आदर्शको निमार्ण र उत्थान जनताकै बिचमा हुन्छ । त्यहि आदर्श  सामाज निमार्णकाे निरन्तर अभियानमा छु । 

हामी स्थानिय तहको बिकासको लागि नयाँ आदर्श निमार्णको शिललिामा छौँ । कुसे न्युजसंग कुराकानी गर्दै नेपालीले भनिन सोचे जस्तो छोटै समयमा गर्न नसकियला पुर्बाधारको सन्दर्भमा आधारहरु भने पक्कै निमार्ण हुने दावी गर्छिन ।

दर्शना भन्छिन विकट क्षेत्र भएपनि कालिकोट जिल्ला आफैमा अकुत संभावना बोकेको जिल्ला हो । दर्शना नेपालकै कान्छी उपमेयरको रुपमा परिचित छन ।