रारा पर्यटनका अभियान्ता रोकाया भिजिट नेपाल २०२०मा नियुक्त

काठमाडाैँ, रारा बचाउ अभियानका अभियान्ता तथा कर्णाली पर्यटनका युवा उद्यमी देबिकृष्ण रोकाया भिजिटि नेपाल २०२० मा नियुक्त भएका छन ।

सरकारले नियुक्त गरेको नेपाल भ्रमण बर्ष २०२० भिजिट नेपाल कर्णाली प्रदेश प्रबर्द्धन समितिमा नेपाल सरकारका तर्फबाट सदस्यमा मनोनित भएका हुन ।

पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिहेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशिल छन ।

रोकाया भिटोफ नेपाल ,रारा पर्यटन बिकास समिति लगायतका बिभिन्न समाजिक संस्थाहरुमा आबद्ध छन । राराको पर्यटनमा दिलो ज्यान दिएर लागि परेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटन बिकासमा कार्यरत छन ।

कर्णाली बिना नेपालको पर्यटन अधुरो र अपुरो हुन्छ मान्यता राख्ने रोकाया त्यसका आधारहरु स्तम्भहर निमार्णको शिलशिलामा रहेको दावी गर्छन ।

रोकाया रारा एडभेन्चर रारा मुर्मा होमस्टेका संचालक समेत हुन ।