मदरशा बनाउने ठाँउको बिषयमा बिवाद हुदा झडप,एकजना घाइते

नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका ९ पिलिलिपुरुवामा मदरशा बनाउने ठाँउको बिषयमा भएको बिवादले उग्र रुप लिंदा झडप भएको छ । पिलिलिपुरूवाका स्थानिय बिच मदरशा बनाउने ठाँउ उचित र अनुचित भन्दै बिवादले उग्ररुप लिदा झडप भएको हो ।

झडपमा परि एकजना युवा इमाम खान घाइते भएका छन । घाइते इमाम खानको नेपालगन्ज भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको स्थानिय झत्तु खानले बताए । खानका अनुसार नयाँ मदरशा बनाउने ठाँउका बिषयमा स्थानिय बिच कुरा नमिल्दा झडप भएको हो ।

अन्य झडपका दाेषिहरूलाइ नेपालगन्ज वडा प्रहरि कार्यलयमा राखिएकाे  बताइएकाे छ ।