पिकनिक टोली लिएर गएका बस चालक ढकाल कर्णाली नदिमा वेपत्ता

कोहलपुर, कर्णाली नदिमा पौडी खेल्ने क्रममा डुबेर बाँकेका एक माधब ढकाल बेपत्ता भएका छ । बाँकेको बैजनाथ गाउपालिका सम्झना चोकवाट पिकनिक खान कर्णाली नदि पुगेका ३८ वर्षीय माधव ढकाल नदिमा बेपत्ता भएका हु्न् ।

बर्दिया र कैलालीको सिमानामा पर्ने कर्णाली नदी सो क्षेत्रको पिकनिक स्पट पनि हो । ुजीु गाँउबाट पिकनिकको टोली लिएर गएका बसका चालक ढकाल गर्मी छल्न भन्दै नदिमा पौडिन गएका थिए ।

शनिवार पिकनिकमा गएका टोलीले रमाइलो गर्दौगर्दा उनी पौडी खेल्न नदिमा पसेको र बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका पौडेलको खोजीका लागि बाँके गएको आफन्त , साथीहरु तथा छिमेकी सहितको करिब ५० जनाको टोली , प्रहरी र स्थानियको टोलीले उनको बिहानैदेखि खोजी कार्य जारी राखेको छ ।

कर्णाली नदिको पानिको बहाव बढेका कारण उनलाई बगाएको हुनसक्ने प्रहरीको आशंका छ । खोजि कार्यमा सहयोग गरिदिन आफन्तहरुले स्थानियसँग आग्रह गरेका छन । बेपत्ता भएका ढकालका ८ बर्षिय छोरा र ५ बर्षिय छोरी छन ।