नेपाल घरबहाल उपभोक्ता मञ्च बाँके गठन, अध्यक्षमा मोती मेथोड

काेहलपुर,नेपाल घर बहाल उपभोक्ता मन्च बाँकेको प्रथम साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । प्रथम सभाले मोती मेथोडको अध्यक्षतामा १४ जनाको कार्य समिति गठन गरेकाे छ ।

त्यस्तै उपाध्यक्ष,तिलक सिँह कार्की,उपाध्यक्ष ,इन्द्र पौडेल,महासचिव,देवेन्द्र पौडेल सचिव, प्रकाश खनाल कोषाध्यक्ष,लोकराज शर्मा सह,कोषाध्यक्ष,कमला खड्का सदस्यहरू,रेखिराम बिक,जनक कुमार पाठक,रुपलाल परियार,निरक शाहि,ढक बहादुर थारु,अम्बर बिक,मैनकला शाहि लगायत रहेका छन ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत त्यस्तै नेपाल घर बहाल उपभोक्त मन्च चितवनका बरिस्ठ उपाध्यक्ष हरि शर्मा पौडेल समेत सहभागि रहेका थिए ।