नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा प्रशिक्षण कार्यक्रम

बाँके, नेपालगन्जमा सक्रिय रहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा विमा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

शनिवार नेपालगन्जको पुष्पलाल चोकमा रहेको होटल रोयल बाकेमा भएको कार्यक्रमको अध्यक्षता नाटुका नेपालगन्ज उपमहानगरपालिका का नगर अध्यक्ष पारसमणि अर्याल , प्रमुख अतिथिमा नाटुका केन्द्रीय सचिव रत्न लाल न्यौपाने , बिशिस्ट अतिथिमा प्रेम प्यासी अर्याल अोम शाही अटो मोबाइल का अाधिकारिक बिक्रेता , बिशेष अतिथि अबदुल मोहम्मद वागवान, अतिथिहरुमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रदेश नं ५ का सचिवालय सदस्य , बरिस्ठ युनियन सञ्जालका केन्द्रीय सदस्य केशब गिरी, जगदम्बा कम्पनीका टिभिएसका प्रशिक्षक बद्री प्रसाद अधिकारी लगायतका रहनु भएको थियो ।


उक्त कार्यक्रममा टिभिएस कम्पनीले लगभग ५४ जना मेकानिक्सहरुलाई बिमा सम्वन्धी तथा टेक्निकल तालिमको अायोजना गरेको थियोे । कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुसंग टिभिएस कम्पनीको सहकार्यमा गरिएको थियोे । कार्यक्रममा बोल्दै जिफन्टका प्रदेश नं ५ का सचिवालय सदस्य पुर्ण बहादुर के-सी- ले कार्यक्रममा सिकेका सीप, बिमा, तालिमलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनु भएको थियोे ।

त्यसैगरी बरिस्ठ युनियन सञ्जालका केन्द्रीय सदस्य केशब गिरी, नाटुका केन्द्रीय सचिव रत्नलाल न्यौपाने लगायतका वक्ताहरूले कार्यक्रममा उपस्थिति सबैलाई सक्रिय भएर संगठनमा लाग्न र सिकेका तालिममा व्यवहारमा लागू गर्नुपर्ने बताउनुभएको थियोे । उक्त कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ जिफन्टकी केन्द्रीय अो-एच-एस- कमिटी सदस्य सुमन गिरीले सञ्चालन गर्नु भएको थियो ।