२० लाख नेपाली रुपैया सहित २ भारतीय नागरिक पक्राउ

नेपालगन्ज, बाँके नेपाल भारतको सिमा जमुनाहबाट २० लाख नेपाली रुपैयाँ सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेका हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक कोमल गुप्ता र सोनु गुप्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका ब्यक्तिलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

उनीहरुका साथबाट बरामद भएको रकम कहाँबाट र के परियोजनकालागि ल्याईएको हो भन्ने नखुलेको अनुसन्धान भैइरहेको प्रहरिले बताएकाे छ ।