पुल बनाउदा एक भारतिय मजदुरको निधन, दुई घाइते

नेपालगन्ज ,बाँके राप्ति सोनारी गाँउपालिका बिनौनमा पक्की पुल बनाउदै गर्दा एक भारतिय मजदुरको मृत्यु भएको छ । शुक्रबार पुल बनाउदै गर्दा पिल्लरबाट खसेर  भारत हात्तिछप्प्पा बंगालका मनिरुल हकको मृत्यु भएको हो ।

त्यस्तै पुल बनाउने क्रममा  दुइ जना भारतिय मजदुर घाइते भएका छन । घाइते हुनेमा महोम्मद सद्धाम हुसैन,कुश मण्डल,रहेका छन उनिहरु सबै भारत बंगालका हुन ।  घाइतेकाे नर्सिङ हाेम नेपालगन्जमा उपचार भैराखेकाे छ ।