बैद्य, मोहनबिक्रम, बिप्लव,आहुती, किराँती र ऋृषि कट्टेललाई सन्देश..

अब एक ठाँउमा उभिनुको बिकल्प छैन ।

आदरणिय नेतागणहरु….
हार्दिक सलाम

झन्डै दुइसय बर्षदेखि उत्पीडित राष्ट्र समुदायको विजयको युद्ध र सामन्तवाद तथा दास मालिकको पराजयको युद्धको एक चरण र त्यसपछिको यो ७० बर्ष पहिलेदेखिको सर्बहारा बर्गको पराजयको इतिहास अर्कोतिर नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको ठूलो हिस्सा प्रचण्ड समेत साम्राज्यवादको कित्तामा प्रवेश गरेपछिको संकटपुर्ण अबस्था । कम्युनिस्ट आन्दोलनमा देखिएको समस्याको बारेमा कतिपयले घाइते भएर छट्पटी गर्नु र कतिपय घाइते भएर दौडिरहेको यो कस्टपुर्ण इतिहास किन र कसरी आयो त्यसको उत्तर खोज्न यो सन्देश लेख्न खोजेको छु ।

सर्बहाराबर्ग जतिबेला एकिकृत रुपमा सगंठित हुन्छन् साम्राज्यवादले त्यसको विरुद्धमा श्रमिक बर्गमाथी कन्फ्युजन उत्पादन गर्न आर्थिक राजनीतिक सामाजिक सस्कृतिक अन्तरबिरोध पैदा गरेर सर्बहारा बर्गलाइ नै कम्युनिस्ट क्रान्तिकारी संघ संगठनका विरुद्धमा तयार रहन उद्दत रहन्छ । रुसी समाजबादी अक्टोबर क्रान्ति र चिनिया नौलो जनबादी क्रान्तिपछि बिश्व कम्युनिस्ट आन्दोलनमा गरेको बहसले पुन सर्बहारा बर्गको राज्यसत्ता एसियायी मुलुकबाट ब्युझन्छ । त्यसको पनी दक्षिण एसिया त्यसको पनी नेपालबाट अनिवार्य संभावना देखिन्छ । भन्ने कुराको निष्कर्षमा पुगेपछि विश्व साम्राज्यवादले आफ्नो सम्पुर्ण शक्ति नेपाल केन्द्रित गरेको हो । नेपाली कम्युनिस्ट आन्दोलनका सुत्रधार पुष्पलाल माथी गद्दार भन्नेदेखी कम्युनिस्ट आन्दोलनलाई बहुआयामिक पार्टोबाट सफल बनाउन सकिन्छ ,भन्ने अर्का सुत्रधार मदनकुमार भण्डारी हत्या त्यससँगै सिलसिला जोडिएको हो ।

जनयुद्धको बिजय निकट पुगेको अबस्थामा मुल नेर्तत्वलाई चौतर्फी घेराबन्दीमा पारेर किन्नु र मोहन बैद्यलाई गिरफ्तार गर्नु संगसंगै हुनुपनी कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने तेस्रो निरन्तरता हो । १२ बुँदे सम्झौता गरेर नेपाल र नेपालीको इतिहास मेटाउन एकएक गरेर राष्ट्र भक्ती जनतन्त्रिक र जनजिबिकाको मुद्दाहरूको वकालत जो जोले गरेर हिड्छन । तिनीहरुलाई सामदाम दण्डभेदको प्रयोग गरेर समाप्त पार्न साम्राज्यवाद र त्यसका खुपिया एजेन्सी लागि परेका हुन्छन । त्यसलाइ बुझ्न नसक्नु क्रान्तिकारीहरुको जब्बर बैचारिक कन्फ्युजन हो ।

कम्युनिस्ट आन्दोलनको सहि रुप के हो ?

बिश्व कम्युनिस्ट आन्दोलन लामो समयदेखि बैचारिक कन्फ्युजनमा रुमलिदै आएको देखिन्छ । साम्राज्यवादले कम्युनिस्टको विरुद्धमा फिजायको अफबहालाई बैचारिक तथा ब्यबहारिक रूपमा जवाफ दिनकोलागी यतिबेला बिज्ञान र प्राविधिको युग र सर्बहारा श्रमजीवी मजदुर किसान उत्पीडित समुदाय राष्ट्र र जनताको पहुचसम्म जोडने बिधि नै यो शताब्दिको कम्युनिस्ट आन्दोलनको सहि रुप हो । यो अबस्थामा नेपालमा अब्यवस्थित स साना कम्युनिस्ट पार्टीको अबस्था अस्तित्वमा आउने र विलय हुने गरेको इतिहास त्यत्तिकै छ ।

झापा बिद्रोहपछि अस्तित्वमा आएको कम्युनिस्ट आन्दोलन २०५० सालमा मदनकुमार भण्डारीको हत्यापछी बैचारिक कन्फ्युजनमात्रै नभएर पश्चिमा एनजीओकरण भयो । जसको स्वरुप २०७५ सालमा राजनीति अस्तित्वबाट समेत च्युत भएको हो ।  त्यसपछि २०५२ सालमा थालियको जनयुद्ध र त्यसबाट स्थापित कम्युनिस्ट आन्दोलन मोहन बैद्य किरण र सिपि गजुरेलको गिरफ्तारी १२ बुँदे दिल्ली सम्झौता रहस्यमय संविधान सभाको चुनाव हुदैगर्दा पार्टीको टुटफुट र दोस्रो संविधान सभाको चुनावपछि संसदिय निर्वाचनसगै तत्कालीन एमाले र माओवादी केन्द्रको पार्टीको एकतासगै कम्युनिस्ट आन्दोलनको भाब भुमिदेखी च्युत भएको यथार्थ हो ।

अब एमाले र माके भाबभुमिमा रहेकाहरुले कम्युनिस्ट पार्टीको नाम मंचन गर्नुभनेको नेपालको नेपाली जनतालाइ बेकुफ बनाइ राख्ने उपाय हो । किनकि नेकपा (नेकपा ) सत्तामा पुगेपछि उस्ले गरेका हरेक हुर्मतले सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी होइन भन्ने कुराको सिद्ध गरिसकेको छ ।

सरकारले ल्याउने गरेको बजेट खान लाउन नपाएर नाङ्गै भोकै सडकमा हिडिरहेका मजदुरको जिबनलाइ हेरेर बजेट आएन बजेट नितान्त आफ्नो कार्यकर्ताको झोला कति खाली छ । भनेर बितरण मुखी बजेट ल्याउने सरकार कम्युनिस्ट हुनसक्ने कुनै एउटा आधार छैन । फरेन र फाइनान्स पोलेसी राष्ट्र र जनताको हितमा नभएको सरकार र त्यो राजनीति दल राष्ट्रघाती तथा जनबिरोधी हो । त्यो मार्ग उद्दत सत्तारूढ राजनीति पार्टी छ । यो अबस्थामा नेपाली जनताको विकल्पमा राजा र काग्रेस हुनेकुरा कदापि हुन सक्तैन ।

त्यसकोलागि राष्ट्र भक्ती तथा जनतन्त्रिक शक्तिको क्रान्तिकारी कम्युनिस्ट एकता जरुरी हुन्छ । त्यो एकता नेपालको सार्बभौमसत्ता भौगोलिक अखण्डतालाई मध्यनजर गरेरमात्र कम्युनिस्ट एकता र त्यसको नेतृत्वमा सहि साँचो बैज्ञानिक समाजबादको सहि परिकल्पना गर्न सकिन्छ । त्यसकोलागि माक्र्सवादी सिद्धान्त नेपाली मौलिकतामा आधारित हुन जरुरी छ ।

क्रान्तिकारी कम्युनिस्टमा देखिएको कन्फ्युजन 

जनताको सार्बभौमसत्ता निर्माणका लागि नौलो जनबादी क्रान्ति सम्पन्न गरेरमात्र सम्भब छ । भनेर भन्ने कम्युनिस्ट पार्टीहरु मोहन बैद्य किरण नेर्तत्वकोे नेकपा क्रान्तिकारी माओवादी ,नेकपा मसाल बिप्लव नेर्तत्वकोे नेकपा र ऋृषि कट्टेल नेतृत्वको नेकपा बीचमा कुनै भिन्न मत छैन वर्गसंघर्ष शसस्त्र संघर्ष र सर्बहारा बर्गको अधिनायकत्व भन्ने विचारमा सबैको दुइमत छैन ।

तर इतिहासको वास्तविक अध्यन गरेर हेर्ने हो भने १९१७ को अक्टोबर क्रान्तिपछी झन्डै १९७६ सम्म विश्व कम्युनिस्ट आन्दोलनको उभार र त्यसपछिको ५० /६० बर्षको इतिहासमा कम्युनिस्ट आन्दोलन संकट परेको तथ्य हो । लेनिनको बिश्लेषनमा दक्षिण एसियाली मुलुकमा अबको कम्युनिस्ट आन्दोलन सफल हुन्छ । भनेर जसरी ब्याख्या गर्नु भयो । त्यसको सहि निसाना नेपाल परेको हो ।

दस बर्षको जनयुद्धको विशाल उभार विजयोल्लास यात्राको एउटा बहुमत शक्तिलाई साम्राज्यबादीले किनेर आफ्नो कित्तामा लिएपछि नेपाली कम्युनिस्ट आन्दोलन संकटको दिशामा छ । एकातिर कम्युनिस्ट क्रान्तिकारीहरु विशाल संख्यामा रहेरपनी टुक्राटुक्रा नाङ्लोमा खुद्रा पसल थापेर बस्न रुचाउने नेपाली कम्युनिस्ट आन्दोलन र संसारका श्रमजीवी बर्गकोलागी घातक सिद्ध हुने देखिन्छ ।

त्यसैले साम्राज्यवादको कित्तामा उभिएको प्रचण्ड केपिको गुट कम्युनिस्ट पार्टीको नामले बिश्वब्यापी सर्बहारा बर्गको कलङ्क बनेको छ । भन्नेकुरा स्थापित गर्न जरुरी छ । हामी क्रान्तिकारी कम्युनिस्टहरुले रक्षाको अबस्थामा छौ भनेर मात्रै पुग्नेछैन । संकटको बिचबाट साम्राज्यवादका खुपिया एजेन्सिहरुका अगाडि असफल नेपाली क्रान्तिको रगतले भिजेको झणडालाई फेरि दक्षिण एसियाली मुलुकबाट फहराउन सबै कम्युनिस्ट क्रान्तिकारी शक्ति एउटा गम्भीर बहसमा उभिएर एउटामात्र संकल्प गर्न जरुरी छ ।

अबको बिश्व दुनियाँमा कम्युनिस्टको अगुवाइमा उत्पीडित बर्गको विजयोल्लास दिन नेपालबाट दिन सकिन्छ । भन्ने बिश्वास सबैले सोच्न जरुरी हो । कम्युनिस्ट आन्दोलनमा ठुलाठुला लोभ लालचमा नफसेका तपाईं कम्युनिस्ट नेताहरूले पहिलो कुरा नेपाली समाज सर्बहारा बर्ग उत्पीडित जाती समुदायको मुक्तिको लागि कम्युनिस्ट आन्दोलनको नयाँ कोणबाट सोच्नेकी घाइते मान्छे दौडेको जस्तरी आ आफ्नै तालमा दौडिने यो गम्भीर बिषय हो ।

कमरेड बिप्लवको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीलाई एकीकृत बनाएर अगाडि बढ्न खोज्नु सकारात्मक देखिन्छ । यद्यपि साम्राज्यवादले नापजाँच गरेको मैदानमा हाम्रा क्रान्तिकारी हुर्मतले सफलता पाउन संभावना कम छ । किनकी त्योबाटो प्रचण्डलाई सिध्याएर गनाउने बनाएर प्रतिक्रियावादी डङ्गुरमा फालेको साचो सत्य हो ।

अबको बहस र एकताको अनिवार्यता के हो ?

माक्र्स एङ्गेल्सको मृत्युपछि साम्राज्यबादी हरुमा थपिएको उत्साह र सर्बहाराबर्गमाथी देखिएको निराशालाई लेनिन स्टालिनले साम्राज्यवादको चरम संकटका बीचमा सर्बहारा क्रान्तिको बिजय सम्भब भएको बिश्वब्यापी बिचारसँगै रुसमा शसस्त्र अक्टोबर क्रान्ति सप्पन्न गर्नुभयो ।

त्यतिमात्र होइन बिश्व कम्युनिस्ट आन्दोलनमा देखिने समस्या र संभावनाकोलागी अन्तर्रा्ष्ट्रिय रूपमा एउटा महान बहसको सृजना गरेर साम्राज्यवादको प्रतिकुल अबस्थामा उत्पीडित राष्ट्र र उत्पीडित बर्गकोलागि खोज्नु अहिलेको आबस्यक्ता हो । एउटा कुरा कम्युनिस्ट आन्दोलन सफलताको उचित संभावना बोकेको राष्ट्र पनि एसिया र साम्राज्यवादको आर्थिक युद्धको ज्वलन्त समस्या जन्मेको पनि एसिया देखिन्छ ।

जब हामीले साम्राज्यवादका खुपिया एजेन्सीलाई जनताको बलबाट नाङेझार पार्न सक्तैनौ र साम्राज्यबादी गतिविधि खुल्लमखुला राष्ट्रमा चलखेल गर्न्दिने बाताबरण हुन दिएको खण्डमा नेपाली कम्युनिस्ट आन्दोलन सफल हुदैन । नेपाल र नेपालीको अस्तित्व समाप्त हुने प्रचुर समस्या संभावना हो । तपाईंहरु सबै नेतागणले सर्बहारा श्रमजीवी मजदुर किसान र उत्पीडित राष्ट्र समुदायलाई सार्बभौमसत्ता जनताको हातमा दीगो तरिकाले थमाउन सकिन्छ । त्यो सोच्न जरुरी छ ।

सबै तपाईंहरुको नेर्तत्वमा रहेका कम्युनिस्ट क्रान्तिकारीहरुमा भाबनात्क एकरुपता मात्रै नभएर बैचारिक तथा सैद्धान्तिक एकताको जरुरी छ । राजनीति समग्र परिवर्तन हो । समग्र परिवर्तनको लागि अंसमा सोच्ने तरिकाले कम्युनिस्ट आन्दोलन संकटमा परेको तितो सत्य हो । मुल समस्या माक्र्सवादको तीन घन्टा प्रबचन दिन सक्योकी सबै जान्ने भएको घमण्ड गर्नुनै उत्पीडित बर्गका नेताकार्यकर्तामा देखिने मुल समस्या हो । नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती बिश्व कम्युनिस्ट इतिहासको मुल समस्याको अन्तर मुटुमा पुगेर बुझ्न सक्ने मोहन बिक्रम सिह , बिकसित समाजमा अवस्यक बिचार दर्शनका प्रख्यात दार्शनिक मोहन बैद्य, साम्राज्यवादले सर्बहारा वर्गसंघर्ष कसरी अलगअलग बनाएर सिध्याउन खोजेको छ ।

बिज्ञान र प्रबिधी मजदुर किसान श्रमजीवी बर्ग समुदाय राष्ट्रलाई राम्रोसँग बुझ्न सक्ने आहुती,बिप्लव गोपाल किराँती ऋृषि कट्टेल जस्ता तपाईं कम्युनिस्ट क्रान्तिकारीहरुले घाइते शरीरको खाटा कोट्याउनेकि सबै एकै ठाउमा आएर बिशाल क्रान्तिको सागर निर्माण गर्ने चिन्तन त्यता तिरको हो ।

यि हुन एकताकोलागी क्रान्तिकारी आधारहरु …

हरेक समयमा बस्तुगत परिस्थितिले बैचारिक बिभाजनलाई एकताको सूत्रबद्ध गर्नसक्ने कुरामा कुनै विकल्प नै रहदैन यतिबेला बिश्व सर्बहाराबर्ग नेतृत्व बिहिन अबस्थामा देखिन्छ । साम्राज्यवादले थोपारेको भुमण्डलिकृत पुजीवादी ब्यबस्थाको बिकेन्दृकृत सामन्तबादी उत्पादन प्रणाली र केन्द्रीकृत बितरण प्रणालीले सर्बहारा मजदुर किसानको पहुँच नहुनूले दासयुगमा सामन्तिले गरिब किन्ने र बेच्ने प्रणाली यो आधुनिक युगमा उत्पीडित राष्ट्रका नागरिकलाई उत्पिडक राष्ट्रले किन्ने र करारमा कमारो बनाउने समस्या तितो यथार्थ छ । यो कुरा अनिवार्य रूपमा सम्पुर्ण क्रान्तिकारीले बुझ्न जरुरी छ ।

गरिब तथा उत्पीडित राष्ट्रका उत्पीडित बर्ग समुदायका नागरिकलाई सरकारी तवरबाट खडा गरियका मेनपावर कम्पनीको माध्यम बनाएर मानवीय शक्ति बेचबिखन गर्ने र किन्ने ब्यबस्थानै बर्तमान अदृश्य दासयुगको प्रारुप हो । यो दयनीय र कस्टप्रद राज्य ब्यबस्थाको अन्त्य र बैज्ञानिक समाजबादी उन्नत राज्य ब्यबस्थाको परिकल्पना गर्ने सम्पुर्ण कम्युनिस्ट क्रान्तिकारी हरुले एकता र बिसाल संघठन निर्माण गरि दलाल पुजिबाद तथा साम्राज्यबादी मोर्चा निर्माण गर्न जरुरी छ ।