सरकारलाई दबाब दिन सडकमा नागरिक समाज

काडमाडौं–नागरिक समाजले लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको छ। राजधानीको माइतीघरमा भेला भएका नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने माग राखेका छन । 

मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, न्यायालयको स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरे । यस्तै गुठीसम्बन्धी विधेयक फिर्ता लिइनुपर्ने, समावेशिता कायम गर्नुपर्ने माग पनि उनीहरुले गरे ।