तैपनि कमरेड लालसलाम छ

 

कमरेड लाल सलाम छ
दाइ जय नेपाल छ
यो त मुखमा मात्र छ
भित्रभित्रै भुजा ज्युनार छ
आइसियोस छ, बक्सियोस छ
उहाँहरुको सबारी छ
आकाश, भुमी सब निषेध छ
पहिले भन्दा बढी भ्रष्टाचार छ
समाजमा बलात्कार छ
गैर न्यायीक हत्या र पक्राउ छ
राजनैतिक स्वतन्त्रता बन्देज छ
जतासुकै अत्याचार छ
सत्तामा फासिबाद छ
तैपनि कमरेड लालसलाम छ
अनि दाइ जयनेपाल छ ।

राजनैतिक नियुक्ती,राजदुत,समानुपातिक सांसद
सब बिक्रीमा छ
तर रेट फरकफरक छ
शासकहरुको समृद्धी छ
आसेपासेको खुसियाली छ
वैदेशिक प्रभुहरुको हैकम बढेकै छ
नाम मात्रका शासकहरुका ज्यु/हजुरी पनि बढेकै छ
हाम्रो देश नेपालमा
नब सामन्तहरुको जो राज छ
तर भन्नैपर्ने
कमरेड लालसलाम छ
दाइ जय नेपाल छ ।

भन त साथी
गणतन्त्र भन्ने कुरो
राजतन्त्र भन्दा के मानेमा असल छ ??
के मानेमा फरक छ ??