वडा अध्यक्षलाई मेरो भन्नु छ…….!

जाजरकोट,कुशे गाउपालिका वडा नम्बर ६
अध्यक्ष महोदय,
सम्झना

तपाईंको रातो कलमले धेरे निर्णय गरिसकेको होला कयौँ निर्णय अकाटय होलान कयौँ काटय होलान । र पनि उपभोक्त बैठक बसालेर सहि गर्न भने छटाउनु भएको छैन होला ।  केहि प्रश्नहरु छन ।  अध्यक्ष ज्युसंग सार्वभौम सत्ता सम्पन्न जनताको अधिकार तपाइको भाषामा सिंहदरबारको अधिकार गाँउ गाउमा पुगिसकेको होला । तपाइलाइ जनताले कसरी जिताए कसरी भोट हाले किन हाले यो मैले भनिरहनु नपर्ला ।

अधिनायकवाद लादने पदमा हुनुहुन्छ । हो सबैभन्दा महत्त्वपूर्ण खेल भइरहेको छ। अध्यक्ष ज्यु जनताले कसरी अधिकार पाएको अनुभुति गर्छन । सिधा सोझा जनतालाई झक्याएर आफनो हैसियत देखाउदै हिडनुहुन्छ रे ?

वडा कार्यालयको बिषयमा होस या वडाका बिभिन्न बिकास निमार्ण र पुर्बाधारको सन्दर्भमा होस  यति भन्छु जुन कुरा निर्वाचनमा भोट माग्दा भन्नु भएको थिया पुरा गर्नुस पुरा नगरे लागि पर्नुस लागि पर्नै सक्नु हुन्न सुरु त गर्नुस ।

यदि तपाईले गरेको निर्णय तपाइको आफना आफन्तका लागि र रैबारेहरुका लागि हो भने हेक्का रहोस एक माघले जाडो जादैन । जनताले उचित जवाफ दिने छन ।

महोदय साँचो कम्युनिष्ट हो, या कांग्रेस हो जनता जान्दैनन।  जनता जान्छन त आफनो ठाउको बिकास र समृद्धीको बारेमा जान्छन ।  वडामा समाजवाद कसको लागि चाहिएको छ ?  अनुभुति दिलाउनुस । किनकि तपाइ सताकाे उपभाेग गर्ने पदमा हुनुहुन्छ । 

अध्यक्ष महोदय….

जो शोषण,उत्पीडित बर्ग राम्रो जनताको भबिस्य उपयुक्त ठाउँ जनताले दिएको अधिकार हनन नगर्नुहोस् ।
निम्न सर्बहारा जनताको लागि हो भने यदि अम्मर साही देश र जनताको लागि वडा अध्यक्ष हो भने तपाईंले सहमति गरेरै गाउपालिका छरगाउ सार्नुहोस ।  फेरि आउने दिनहरुमा बिश्वास राख्नु होस,होइन भने दादागिरी गरेरै वडापालिका आफ्नै घरमा सिमल गाउँ होइन,जनताको भनेको अनुसार ठाँउमा राख्नुस ।

तर जनतालाई डर धम्की दिएर मान्छे पिटेर तपाईंले वडा गाउपालिकाको कृषि भवन आफ्नै गाउँमा बनाउन लाग्नु भएको छ रे । त्यो काम तत्काल बन्द गरियोस् कुनै हालतमा हुदैन। सेन्टर पर्ने ठाउँमा सबै जनताले भनेको रोजेको माग पुरा गर्नुपर्छ।

र अर्को कुरा बाटुल्या,पिप्से,भार्मा,छरगाउ,तरपेनन,धिहि, घरङ्गा, जजरीगाउ सबै जनताको सहमति हुनुपर्छ । अलि राम्रो बाताबरण भएको ठाउमा हुनुपर्छ । सहमति अनावश्यक ब्यक्तिगत सोच गरेर हुदैन। जनताको सल्लाह अनुसार हुनुपर्छ।

गाउँका लाटो सोझा जनतालाई झुक्याउन तिर नलाग्नुस घरपरिवार नातागोता उपभोक्ता समिति बनाएर तपाइको बिकास पुरा हुदैन ।

अन्तमा अध्यक्ष ज्यु….

जनताकाे अपेक्षा भन्दा बाहिर जाने प्रयत्न नगर्नु हाेला । त्याे तपाइकै राजनितिक जिवनमा प्राणघात सिद्भ हुनेछ । बहुमत जनताकाे पक्षमा उभिन सल्लाह दिन्छु । धन्यबाद 

कुशेगाँउपालिका वडा नं ६ जाजरकाेट हाल मलेशिया ….।