अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बांकेका अध्यक्ष चन्द जेल चलान्

बांके, नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा बांके जिल्ला अध्यक्ष मदन चन्द कारागार चलान भएका छन् ।

बांके जिल्ला अदालतमा भिन्न मुद्धामा वुधवार भएको वहसपछि पचास हजार धरौटी तिरेर रिहा गर्न आदेशदिइए पनि उक्त धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका हुन् ।

चन्दको पक्षमा अधिवक्ता शिव शुन्दर शाही, जयराज जैशी लगायतले बहस गरेका थिए । गत जेठ १ गते ५४ औँ विद्यार्थी दिवसको अवसरमा काठमाडौँको शान्तिवाटिकामा आयोजित ५४ औँ विद्यार्थी दिवसको अवसरमा आयोजित कार्यक्रम स्थलवाट गिरफ्तार गरिएको थियो ।

उनलाई महानगरिय ट्राफिक प्रहरी परिसर दरवारमार्गमा राखी काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा प्रहरीमाथी दुव्र्यवहार गरेको मुद्धा दर्ता गराएको थियो ।  २६ दिनको हिरासत वसाई पछी गत जेठ २६ गते १० हजार धरौटी तिरेर रिहा हुने वित्तिकै पुनस्गिरफ्तार गरी २७ गते विहान बांके ल्याईएको थियो ।

सरकारले विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथी प्रतिबद्ध लगाईसके पछी नेता-कार्यकर्ता, समर्थकलाई प्रहरीले समात्ने र अदालतवाट छुट्ने क्रम निरन्तर चलिएको छ । हालसम्म पार्टी लगायत बिभिन्न जवस मोर्चाका करिव ६०० नेता कार्यकर्ता प्रहरी हिरासतमा छन् ।