जस्ले २१ सय किसानको ऋण चुक्ता गरिदिए……

एजेन्सी, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् ।

ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिदिएका हुन् ।

अमिताभले यसअघि पनि किसानहरूको मदत गर्दै आएका थिए । गत वर्ष उनले उत्तर प्रदेश राज्यका १ हजार बढी किसानको ऋण चुक्ता गरिदिएका थिए । यस्तै महाराष्ट्रका करिब ३५० किसनको पनि उनले ऋण तिरेका थिए ।