यस्तो छ ,सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर……

हेर्नुस भिडियाे सहित 

सुर्खेत,नेपाली सामाजिक कथानक चलचित्र ‘अधुरो’को गित र टिजर सार्वजनिक गरिएको छ । पुस्ता मिडिया प्रालीको ब्यानरमा बनेको सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर सोमबार एक कार्यक्रमका बिच सुर्खेतमा सार्वजनिक गरिएको हो ।

चलचित्र अधुरोको सुर्खेतको बुलबुले ताल भन्ने बोलको गित र चलचित्रको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गितमा सुर्खेतकै चर्चित कलाकार टिका पुन र शिवसंगित को आवाज रहेको छ भने गाविन्द विश्वकर्माको शव्द संगित रहेको छ ।

कर्णाली प्रदेश तथा देशकै कुसंस्कारका रुपमा रहेको बालविबाह र वालविवाह पछिका सामाजीक तथा पारिवारीक समस्या लगायत विविध पक्षहरुका विषयमा कथा वस्तू रहेको छ । वालविवाहका साथै नेपाली समाजको मनोविज्ञान, जातिय उत्पीडन, घरेलु हिंसा, महिला हिंसाका बारेमा पनि चलचित्रले बालेको निर्माता राजेन्द्र खड्का जलनले जानकारी दिए ।

सामाजिक अभियान्ता प्रमिला खड्काको कथा, किरण शर्माको पटकथा र राजेश कुमालको निर्देशन र गोविन्द बिश्वकर्माको शब्द÷संगित रहेको अधुरोमा किरण शर्मा, सुनिता सुनार, धर्मराज जिसी, राजेन्द्र खड्का, सिरिष श्रेष्ठ, निर्मला स्वर्णकार, बिक्रम बर्मा, भुमिका परियार, सनोनी कुस्मी, ईन्दिरा श्रेष्ठ, लगायत सुर्खेतका स्थानिय कलाकारको अभिनय रहेको छ ।दृष्य सम्पादन सुवास गौतम (विश्व) ले गरेका हुन् ।

कार्यक्रममा बरिष्ठ कलाकार प्रेमदेव गिरीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । सामाजीक कथावस्तु रहेको चचित्र अधुरोले समाजमा रहेको वालविबाह, जातिय भेदभाव, महिला हिंसा, लगायतका कुरिति र विसंगतीका विरुद्ध जनचेतना जोगाउन सकोस भन्दै सफल्ताको शुभकामना पनि दिए । त्यस्तै बरिष्ठ संगितकार तथा नृत्य निर्देशक कुलमान नेपालीले पनि सुर्खेत कला संस्कृति र प्रतिभाको उर्वर भूमी रहेको भन्दै चलचित्रको सफल्ताको शुभकामना दिए ।

यसैगरी सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलविर सुनारले करौंडौ खर्चेर परिवर्तन हुन नसकेको संस्कार र विकृति विसंगती यस्ता सामाजिक चलचित्रले परिवर्तन ल्याउन सक्ने भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सुर्खेतका कलाकारहरु , सामाजिक अभियान्ता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

हेर्नुस भिडियाे सहित