देश बिगारेको मैले र तँपाइले हो

नेतालाई किन गालि गर्नु …..!

मेरो देश त्यतिबेला बन्छ जब गल्ली गल्लीमा बाटो बन्छ । हरेक जिल्लामा सडक बन्छ ७७ जिल्लामा यसरी सबैले ईमान्दारिताका साथ काम गरेमा समाज बन्छ समाज अनुसार नेतृत्व बन्छ । कुनै पनि राजनितिक दल वा नेतृत्व नै समाजको प्रतिबिम्ब हो ।

हामी भोट हजार रुपैयाँमा बेच्छौँ । पार्टी हेर्छौँ अनि गाली तिनै समाजका हाम्रा प्रतिबिम्बलाई गाली गर्छौ । हाँस्यास्पद त के छ भने एक जना सांसदले चुनावमा ठाउँ हेरेर १५ करोड देखि ५० करोड सम्म खर्च गर्छ प्रचार प्रसारकोलागी । सबैलाइ थाहा भएकै कुरा हो ।

चुनावको बेला पुछर लाहेर हिँडेमा पेट्रोल रिचार्ज रक्सी खाने पैसा उक्त नेतालेे खर्च गर्छ उस्ले त्यो पैसा असुल्ला किन्नाई ? तर हामी बुझ्दैनौँ, तपाईं बुझ्नुहुन्न उस्ले गरेको लगानी ५० करोड लगाएपछि उस्ले त्यो पैसा कमाउनु परेन ? यदि तपाईं बिजनेस गर्नुहुन्छ भने लगानी त उठाउनै पर्यो । त्यो संगै मुनाफा अर्थात नाफापनी त कमाउनु पर्यो । उक्त नेतृत्व जस्तो समाज हुन्छ त्यही समाजको मनोविज्ञान बुझेर आगाडी बड्छ ।

अब अर्को कुरा मेरो यो लेख पढ्दा सबैलाई रिस उठन सक्छ यो पत्रकारले त भ्रष्टाचार गर्न पाउनुपर्छ, भन्ने सिद्दान्त प्रस्तुत गर्यो । यदी हामी यो सोँच्छौँ भने हामी गलत हौँ ।

एउटा बिबाहमा नेतृत्व गएर फोटो मात्र खिचाइदिदा फेसबुकमा हालेर प्रदर्शन गर्न खोज्छौँ कि मेरो शक्ति वा नेतासम्म पहुँच छ भनेर । बिबाहमा गैदेको सट्टा भोट आउँछ भने उक्त सांसदले अब यो पटक ५० करोड खर्च भएको छ, भने उस्ले त्यो पैसा बिख मागेर त लिँदैन ।

अब १ रुपैयँमा कुनै बेला २ ल्याक्टो खाने म आज खानुपर्यो भने एउटालाई २ रुपैयाँ तिर्छु । अब उक्त संसदले लगाएको लगानी त निकाल्नै पर्यो निकाल्दा भ्रष्टाचार त्यहिँबाट सुरु हुन्छ ।

त्यसपछी ५ वर्ष पछिको लगानी उक्त नेताले जम्मा गर्नु पर्यो त्योपनि त्यसबेला सायद त्यही चकलेट एउटालाई ५ रुपैयाँ पर्न जानेछ त्यस्कोलाही अर्को भ्रष्टाचार गर्नै पर्यो । अरुको सिको गर्दै काठमाडौँमा घर बनाउनै पर्यो ।

अब आफ्नो बिजनेशको लगानी उठाउने कि नउठाउने ? भ्रष्टाचार गर्न पाउनु पर्योकी परेन ? एउटा साडी दिँदा पुरै घरको भोट आउँछ । अनि हामी भन्छौँ देश विकाश भएन ।

मेरो प्रश्न प्रधानमन्त्री केपी शर्मा ओलिले चुट्की बजाउँदैमा बिकाश हुन्छ र ? उनि नीति निर्माता कर्ता हुन । बिकाश त गाउँ गाउँ मा आ-आफ्नो क्षत्रमा २ किलोमिटर मात्र सडक बनाउन लगाउन सक्नुहुन्छ भने विकाशको पुर्वाधार भनेर चिनिने सडक ७७ जिल्लामा भयो भने देश स्वयं बन्छ ।

सांसदलाई ६ करोड दिने निर्णय भयो, के त्यो नेपाल सरकारको पैत्रीक सम्पत्ती हो । त्यो त हामी नेपालीले तिरेको, खाडिमा मरेर काम गरेकाहरुले पठाएको रेमिट्यान्स, ट्याक्स तथा भन्सार लगायत भ्याट नेपालिले तिरेको तिरो हो । संविधानमा स्पष्ट छ, हामीले तिरेको कर हाम्रो लागि प्रयोग हुनेछ ।

तसर्थ मूर्ख म हुँ हामी समाजका ब्यक्ती हौँ किनकी राजनिती बिजनेस भैसकेको छ आउने ५ वर्ष पछीको चुनावको तयारीको लागी भ्रष्टाचार सुरु भैसकेको छ ।

कुनै बेला १ रुपैयाँमा २ वोटा आउने ल्याक्टो चकलेट आउने चुनावमा कति पर्ला र उक्त नेताले भ्रष्टाचार गर्लाकी नगर्ला । प्रश्नको उत्तर तपाँई हामिलाई थाहा छ । मेरो प्रश्न देशमा भएका पार्टी कसरी चल्छन । करोडौँ रुपैयाँको खर्च गरेर अधिवेशन तथा कार्यक्रम गरिन्छ ती पैसा पार्टीहरुका नेताले जेबबाट त हाल्दैनन । ती पैसा कहाँबाट आउँछ ?