जब सेनाका ट्याङ्करहरु गुडाएर दशौ हजार प्रदर्शनकारीको कत्लेआम गरियो……

तिस वर्ष पुरानो एक कहालि लाग्दो घटना

एजेन्सी, आज जून ४ अर्थात चीनको तियानमेन चोकमा भएको नरसंहारको ३० औं वर्ष पुगेको दिन । अहिले संसारमा मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यताको बहस तिब्र रुपमा हुने गर्छ । त्यस्तै चीनमा पनि अहिले यो बहस हुने गरेको छ तर सन १९८९ मा भएको एउटा नरसंहारको घटनामा चीन चुकेको भन्दै संसारभर उसको आलोचना हुने गरेको छ ।

जबकि यो नरसंहारको घटनालाई अमेरिकाले एउटा साहासी आन्दोलनमाथिको दमन भन्ने गरेको छ भने चीनले यसलाई बेवास्ता गर्दै आइरहेको छ । यो त्यही घटना हो जहाँ चिनियाँ सेनाले लाखौं प्रदर्शनकारीमाथि ट्यांकर गुडाएर १० औं हजार प्रदर्शनकारीहरुको कत्लेआम गरेको आरोप लाग्ने गरेको छ । तर यो घटनामा चीन भने मौन हुने गरेको छ ।

निर्दोष सर्वसाधारणमाथि चिनियाँ सेनाले ट्यांकर दौडायो

जून ४, १९८९ मा चिनियाँ उद्धारवादी नेता हु । यायोबंगको हत्या गरेको आरोपमा बेइजिंगको तियानमेन चोक (तियानमेन स्क्वायर)मा लाखौ युवा र विद्यार्थीहरुले प्रदर्शन गरिरहेका थिए । त्यही रात चिनियाँ सेनाले प्रदर्शनकारीमाथि फायरिंग गर्दै सैनिक ट्यांक दौडाएको थियो ।

सो क्रममा दशौं हज्जार प्रदर्शनकारी किचिएर र गोली खाएर मृत्युवरण गर्न पुगेका थिए । चिनियाँ सरकारी रिपोर्टले सयौं व्यक्तिको मृत्यु भएको दाबी गरे पनि एक ब्रिटिश खुफिया एजेन्सीको राजनीतिक रिपोर्टमा भने सो नरसंहारमा दशौं हजार व्यक्तिको मृत्यु भएको दाबी गरिएको छ ।

३० वर्षपछि पनि केही बदलिएन

यो नरसंहारको ३० वर्षपछि पनि चीनमा केही परिवर्तन आएको देखिदैन । जसरी त्यसबेला सेनाले कडाई गथ्र्यो, अहिले पनि त्यहीक्रम जारी छ । तियानमेन स्क्वायरमा अहिले पनि सेनाको सुरक्षा कडाई उस्तै छ । अहिले पनि त्यहाँ भारीमात्रामा सुरक्षाकर्मीहरु तैनाथ हुने गर्छन् । अहिले पनि त्यहाँ सेना र प्रहरीले पर्यटकमाथि समेत निगरानी राख्नेगर्छन् । उक्त चोकमा तस्बिर खिच्न समेत मनाही छ । पत्रकारहरुमाथि समेत विशेष निगरानी गर्ने गरिन्छ ।

कार्वाही ठिक मान्छ चीन

सन् १९८९ मा भएको सो कार्वाहीलाई चीन सरकारले भने जायज कदम मान्दै आएको छ । संसारभर आलोचना भएको उक्त बर्बर घटनामा चीनको उक्त अडान लोकतान्त्रि मूल्य र मान्यताविपरित भएको भन्दै चर्को आलोचना हुने गरेको छ । तत्कालीन चिनियाँ सरकारले यो कार्वाहीलाई राजनीतिक अस्थिरतालाई नियन्त्रणमा लिने एउटा सही कदम भएको दाबी गरेको थियो