त्रिचन्द्र क्यामपसकी छात्रा सपना मगर गिरफ्तार

रिहा नगरे कडा संघर्षमा जाने क्रान्तिकारीको चेतावनी(विज्ञप्ती सहित)

काठमाडौँ, आफ्नो समर्थक र शुभचिन्तक भएकै आधारमा त्रिचन्द्र कलेजमा अध्यानरत छात्रा सपना मगर लाई प्रहरीले गिरफ्तार गरेको प्रती विप्लबले नेतूत्व गरेको नेकपा निकटको भातू संगठन अखिल क्रान्तिकारीले आपत्ती जनाएको छ ।

न्युुुुनतम नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक मुल्य मान्यताको पालना नगरी धरपकड गर्ने गरिएको भन्दै कडा रुपमा निन्दा गरेका छन । विद्यालय/क्याम्पसमा पढने सामान्य विद्यार्थीलाई आफ्नो संगठन सुभचिन्तक भएकै आधारमा झुट्टा मुद्धा लगायर गिरफ्तार गरेर यातना दिएको प्रती आपत्ती जनाउनुको साथै रिहाईको माग गरिएको छ ।

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिती, काठमाण्डौका अध्यक्ष उषाकिरण आजादले एक प्रेस वक्तव्य जारी गर्दै गिरफ्तार छात्रा सपना मगर लाई तत्काल रिहा गर्न २४ घण्टे अल्टिमेटम सहितको चेतावनी दिएका छन् । साथै उक्त समय सिमा भित्र रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिनुका साथै उक्त परिस्थितिको जिम्मेवार स्वयम हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुहोस विज्ञप्ती