गुणस्तरीय शिक्षा आजको आवस्यक्ता

वास्तवमा कुनैपनि देशको समग्र विकास गर्नका लागी शिक्षा अपरिहार्य, अनिवार्य, र आवस्यक पर्ने कुरा हो । जनचेतनाको सवालमा होस वा राष्ट्र विकासमा योगदान पुर्याउने सवालमा शिक्षाको भुमिका महत्त्वपूर्ण हुन्छ । शिक्षा के हो ? हामीलाई कस्तो शिक्षा आवस्यक पर्दछ ? गुणस्तरीय शिक्षा के हो ? भन्ने सवालमा छलफल, वहस गरी गहन अध्यानबाट शिक्षाको विकास गर्नु वर्तमान समयको माग हो ।

प्राचिन समयमा ठुलो रुखका फेदमा वसेर, ऋिषिमुनि बाट कुटी तथा आश्रममा बसेर प्राप्त गर्ने गुरुकुल प्रणालीको शिक्षा देखी वर्तमान समयको आफ्नै घरको कोठामा बसेर आधुनिक विज्ञान तथा प्रविधिको प्रयोग गरी दिइने शिक्षामा आमुल परिवर्तन भएको छ । नेपाल जस्तो विकासन्मुख देशमा लागु गरिएको हालको शिक्षा प्रणालीलाई आत्मसाथ गरी धेरै भन्दा धेरै शैक्षिक उपलब्धि तथा गुणस्तरीय शिक्षा हासिल गर्नका लागी प्राप्त स्रोतसाधन निती प्रणाली लागुगरी दक्ष, सक्षम क्षमतावान जनशक्ति र व्यावस्थाको समुचित परिचालनमा जोड दिनु पर्ने देखिन्छ ।

वास्तवमा कुनैपनि देशले निर्माण गरेको शैक्षिक नितीलाई कार्यन्यवन गरी निर्धारित शैक्षिक उपलब्धि प्राप्तगर्नु गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षा आर्जन गर्दै लगनशिल, परिश्रमिक विद्यार्थीहरु कर्तव्यनिष्ट, इमान्दार तथा वफादार शिक्षक, आफ्नो कर्तव्यमा जिम्मेवार रहने जिम्मेवार अभिभावक, कुशल, चलाख तथा कौशल र निपुर्ण अभिभावक, कुशल व्यास्थापक सचेत तथा सर्जक समुदाय निश्वार्थताको भावनावाट प्ररित नेतूत्व, हस्तक्षेपमुखी शिक्षण संस्था, निष्पक्ष निकाय एवम् स्थिर कारणमुलक वर्तमान समय एवम् सन्दर्भलाई राम्रोसंग स्थान दिएर आ९आफ्ना कर्तव्यहरु पुरा गरू शैक्षिक गतिविधि बढाउनु वर्तमान समययमा शैक्षिक गुणस्तरीय शिक्षाले पाईला टेकेको मानिनेछ । गुणस्तरीय शुक्षाका लागी शिक्षक अभिभावक, विद्यार्थीको त्रिकोणात्म सम्वन्धको भुमिकामा जोड दिनु पर्दछ । यस्ता त्रिपक्षीय आधार बाट गुणस्तरीय शिक्षा प्राप्तगर्न सकिन्छ ।

वास्तवमा परम्परागत युगमा शिक्षा विशिष्ट जस्तो थियो । किनभने यसलाई पुर्विय दर्शनले अगाडी परिकल्पना गरि वर्तमान समयको व्याख्या गरिसकेको इतिहास छ । शिक्षा प्राप्त गर्ने सवालमा रंगिन पानाका चित्रहरु, कितावी कार्रा ज्ञानले मात्र व्याक्तिको व्यावहारमा परिवर्तन आउदैन वा नितिगत कितावी ज्ञानको निर्णयले हुदैन । वर्तमानमा व्यावहारिक, वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमुलक, प्राविधिक, जिवनउपयोगी शिक्षानै आजको आवस्यक्ता हो । नेपाल जस्तो विकासन्मुख, बहुधर्म, भाषा, संस्कूति, तिती रिवाज, परम्परा र जनचेतनाको अभावमा अन्धविश्वास एवम् कुरुतीमा रहेको देशमा यसखालको बातावरणबाट मुक्त गराउनु शिक्षाको कर्तव्य हो । जसबाट व्यावहारिक कुराहरुको अंगिकार गरी परिवर्तनमुखी, परिवर्तनकारी वैज्ञानिक तथा प्राविधिक शिक्षातर्फ अग्रसर गराउनु गुणस्तरीय शिक्षाको आव्यक्ता हो ।

कुनैपनि समाजको आकाक्षा, अन्तराष्ट्रिय परिवेश, राष्ट्रिय शिक्षा निती लाई समुदायनुकुल हुनेगरी व्यावहारिक व्यावसायिक र शैदान्तिक रुपमा समायोजित तरिकाले शैक्षिक संस्थाहरुलाई अघाडी बढाउने कोशिस गर्नु आजको आवस्यकता हो ।

शैक्षिक सुधारका लागी बालमैत्री विद्यालय, अपाङ्गमैत्री विद्यालय, मनोवैज्ञानिक ९ मनोरञ्जनपुर्ण वातावरण जहाँ विद्यालयको रणनीतिक योजनाको आधार तयार गरी कार्ययोजनाका आधारमा कामलाई बढाउदै शिक्षण बिधि, सामग्री, तरिका एवम मुल्यांकनको सही प्रयोग गर्नु गुणस्तरिय शिक्षाको आवस्यकता हो । विद्यार्थीहरु शिक्षा लिन लगनशिलका साथै तथ्यरहने वातावरण तयार गर्नुपर्दछ । यसका लागी व्यावस्थापक, समुदाय, अभिभावक, विद्यालय प्रशासन लगायतका जिम्मेवार हुनुपर्दछ ।

जसले समाजका लागी कर्मठ, याेग्य, कुशल व्यवस्थापक राष्ट्रसेवक कर्मचारी, साहित्यकार, ईन्जिनियर, पाईलट लगायतको जनशक्ति उत्पादन गर्न मदत पुग्दछ । शिक्षा गतिशील, परिवर्तनशील मात्र नभई समाज परिबर्तनको आधारमा जोडदिने खालको हुनुपर्दछ ।

शिक्षाको विकाश एवम् विस्तारवाट नै समुन्नत राष्ट्रको निर्माण गर्न सकिन्छ । नेपालले संख्यात्मक आधारमा विगतभन्दा बर्तमानमा केही फड्को मारेको छ । तर शिक्षाको गुणस्तरको ठाउमा भने आफै लामो, दिर्घकालिन राष्ट्र अपेक्षाकूत बाटो प्राप्त गर्न नसकेको अवस्था हो । समय सुहाउँदो शिक्षाको कुरा गर्दा Education For All सबैका लागी शिक्षा भन्ने उदेश्य तथा नारामा परिवर्तन गरी अबको गुणस्तरीय शिक्षाुु भन्ने कुरामा जोड दिनु पर्ने देखिन्छ ।

गुण्स्तरिय शिक्षाले कुनैपनि व्याक्ती, समुदाय, राष्ट्रको आवस्यकता पुरा गरि अन्तराष्ट्रिय प्रतिस्पर्धामा होमिन सक्ने जनशक्ती उत्पादन गर्नुपर्दछ । किनकी UNSCEO सन् १०९६ मा एक्काइसौं शताव्दिको गुणस्तरिय शिक्षा कट लागि चारवटा आधार स्तम्भ तयार गरेको इतिहास सावित छ । जसमा प्रथम ज्ञान आर्जन, दोस्रो शिप निर्माण, तेस्रो सहकार्यको संस्कार र चौथोँ व्याक्तित्व विकाशलाई वूहत महत्वपूर्ण आधारमा व्यावस्था गरिएको छ । गुणस्तरिय शिक्षाका यी चार कुराहरुलाई ध्यान दिनुपर्ने वर्तमानको आवस्यकता हो ।

गुणस्तरिय शिक्षाका लागी सिकारु, समाज, सिकाईवातावरण, विषयवस्तु, शिक्षण प्रणाली तथा उत्पादन प्रणाली जस्ता कुरामा जोड दिनु पर्दछ । सिकारु शिक्षाको प्रथम आधार हो । सिकारुको गुणस्तरका कारण भविश्यमा विद्यार्थीहरुले के वन्ने, के उदेश्य राख्ने, कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने सवालमा निर्णय गर्दछ । जसका लागी सिकारुको स्वास्थ्य, पोषण, हेरचाह, परामर्श, निर्देशन सहि चाहिन्छ । बिद्यालयमा नियमित एउटा पाटो हो ।

अर्को चाही सिकाई वातावरण जहाँ भौतिक रुपमा मनोसामाजिक पक्षहरुलाई समेटेर सुवुधा सम्पन्न भवन, स्वास्थ्य९स्वच्छ वातावरण, शैक्षिक सामग्रीको उपलब्धता, मनोविज्ञानको ज्ञान भएको शिक्षक, प्रयाप्त पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री, बिद्यार्थी–शिक्षक मैत्रिवातावरण, सुविधा सम्पन्न पुस्तकालय, प्रयोगशाला, प्रयाप्त खेलमैदान, शुद्ध पिउने पानी, मर्मत सम्भार, सिकारुको उमेर अनुसारको भौतिक संरचना समय सापेक्ष नयाँ प्रविधि व्यावस्था हुनुपर्दछ ।

मनोसामाजिक पक्षमा भयरहित तथा ढण्डरहित एवम् हौशलामुखी वातावरण, वालमैत्री व्यावहार, भ्रभावकारी तथा आवस्यक अनुशासन, भेदभाव रहित समावेशि समारात्मक व्यावहार प्रेरणाको आवसश्यकता पर्दछ । शिक्षामा राष्ट्रिय उदेश्यले व्याक्तिगत एवम् सामाजिक आवस्यकता पुरागर्न सक्नु पर्दछ । वर्तमान पाठ्याक्रमले भविश्यको आवस्यकतालाई पुरागर्न सक्ने हुनुपर्दछ ।

पाठ्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने, विद्यार्थी केन्द्रित, स्तरीकूत, वैध तथा विश्वसनिय, समालोचनात्मक छेतनाको विकास स्थानिय तथा राष्ट्रिय एवम् अन्तराष्ट्रिय खोज अनुसन्धान मुलक ज्ञानवाट ओतप्रोत भएको, वहुसाक्षरता जीवनुपयोगी सीप र शान्ती एवम समूद्धिको विकासमा जोड दिने खालेको शिक्षा गुणस्तरीय शिक्षा हो वर्तमानमा यस्को आवस्यकता छ ।

गुणस्तरीय शिक्षाका लागी गुणस्तरीय शिक्षक जुन क्षमतावान, योग्य तथा कुशल हुनुपर्दछ । विषयवस्तु लाई विद्यार्थीहरु सामु पस्किन सक्ने, शिक्षण बिधिको सहि सदुपयोग गर्न सक्ने, अध्यपनरत, खोज अनुसन्धानमा तत्लिन, विषयगत दक्षता भएको, सकारात्मक पूष्ठपोषण प्रदानगर्न सक्ने, विश्वासी, पेशाप्रतिको इमान्दार, निष्ठावान, आधुनिक प्रविधिको नजिक रहेको जसमा मनोविज्ञानको सामेल भरीपुर्ण भएको शिक्षक वाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।

हामीले प्राविधिक तथा वैज्ञानिक शिक्षामा जोड दिनु पर्दछ । जसले आफ्नो देश सवल तथा सक्षम वनाउन सहयोग गरोस । परनिर्भर होइन आत्मनिर्भर हुने खालको शिक्षा चाहिन्छ । जसले देश समूद्ध वनाउन मद्भत गर्दछ । छिमेकी मुलुकको शिक्षा निती हेरेर पाठ्यक्रम परिवर्तन गर्नसक्ने वातावरण तयार गर्नुपर्दछ । देशका नागरिकले आफ्नो हधिकार प्राप्त गर्न, रोजगारिको सुनिश्चितता गर्न, पेशा तथा व्यावसायमा तल्लिन रहन, आफ्नो खुट्टामा आफै उभिने वातावरण तयार गर्न, आफ्नो देशलाई आत्मनिर्भर वनाई विदेशिले हस्तक्षेप गर्न खोजे तत्काल प्रतिकार गर्न सक्ने खालको शिक्षा आजको आवस्यकता हो ।

वर्तमान समयमा अनौपचारिक शिक्षादिने वहानामा क – ज्ञ, अ – अ  ! वा साधारण लेखपढ गर्न सिकाउने भन्दा पनि आधुनिक प्रविधिको प्रयोग गर्न, सामाजिक संञ्जालको प्रयोग गर्न, नेट इन्टेनेट चलाउन, मोबाइल, ट्यावलेट, कम्प्यूटर चलाउन सक्ने खालको शिक्षा आवस्यक परेको छ ।

वर्तमान समयमा समाजवादी शिक्षाको विस्तार गरी हिंसा रहित समाजको निर्माण गर्नु शिक्षाको मुख्य लक्ष्य मानेर शैक्षिक विकाश गर्नु गर्दछ । हाम्रो देश नेपालको सन्दर्भमा यहाँको भौगोलिक वातावरण, धर्म संस्कूति परम्परा, रितिरिवाज मुल्य तथा मान्यता, जातजाती, भाषाभाषी, लगायत देशको हावापानी तथा माटो सुहाँउदो शिक्षाको निती तयार गरी आधुनिक परिबेशसंग समायोजन गरि सक्षम एवम् दक्ष जनशक्ती उत्पादन गरी अन्तराष्ट्रिय प्रतिस्पर्धामा जोड दिने खालको शिक्षा गुणस्तरीय शिक्षा हो ।

जहाँ यस शिक्षाको आज आबश्यक्ता छ । वर्तमान शिक्षा नितीको परिमार्जन नगरी सर्वाङ्गिण विकासको आधार तयार गर्दछ । यो कुरा एक्लो प्रयासमा सम्भव हुदैन तर सरोकारवाला सवैले आ-आफ्नो क्षेत्रबाट रचनात्मक भुमिका समन्वयात्मक भुमिका, सहकार्य, ढृढ इच्छाशक्ति, संकल्प, पारदर्शिता, जवाफदेहिता तथा सर्मपणबाट प्राप्त अपेक्षित उपल्बधीलाई आम जनताको सन्तुष्टीवाट गुणस्तरिय शिक्षा लागु गर्न सकिने र यस्को उदेश्य पुरा गर्न सकिन्छ । अनिमात्र देशको विकाश सम्भव हुन्छ । त्यसकारण वर्तमान समयमा गुणस्तरिय शिक्षाको आवस्यकता छ ।

लेखक मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी वहुमुखी क्यामपस कोहलपुरका उप-प्राध्यापक हुनुहुन्छ ।