कम्युनिस्ट सरकारको १५ खर्ब ३२ अर्बको बजेट, कहाँ कति छ रकम ?

बजेट : १५ खर्ब ३२ अर्ब

चालु खर्च: ९ खर्ब .५६ अर्ब रुपैयाँ

पुँजीगत खर्च: चार खर्ब ८ अर्ब

वित्तीय व्यवस्थापन: १ खर्ब ६७ अर्ब

नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चुनावपछिको दोस्रो बजेट आज ल्याएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्षका लागि खर्च र आयको अनुमानित विवरण स‌ंसदमा प्रस्तुत गरेका छन्।

आर्थिक वर्ष २०७६/७७ का लागि खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन्।

संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तियतर्फ १ खर्ब ६७ अर्ब सहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको बताए।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ।

सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ।

संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई विभिन्न अनुदानमार्फत आगामी वर्षका लागि ४ खर्ब बढी विभिन्न प्रकारका अनुदान उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री खतिवडाले वित्तीय समानीकरण अनुदानमार्फत प्रदेश र स्थानीय तहका लागि १ खर्ब ३५ अर्ब ५० करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए।