रेल र पानीजहाजका लागि १ खर्ब ७३ अर्ब

काठमाडौं : सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिए।

बजेटमा एउटै कार्यक्रमलाई छुट्याइएको यो सबैभन्दा ठूलो रकम हो। यस्तै सरकारले राजधानीमा मोनोरेल र मेट्रोरेल सञ्चालनका लागि ७ अर्ब ७० करोड विनियोजन गरिएको छ।