प्रधानमन्त्री ओलीलाई फेरि विद्यावारिधीको उपाधि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा सम्मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै सो कुरा जनाएका छन् । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पनि नेपालका सम्मानीय प्रधानमन्त्री डा. केपी शर्मा ओलीलाई बधाई भन्दै ट्विट गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई यसअघि पनि केही विद्यावारिधीको उपाधि प्राप्त भएका थिए