म एउटा अनागरिक

शारदा भण्डारी

यदि भ्रष्टाचारको विरुद्ध बोल्दा
राष्ट्रिय स्वाधीनताको पक्षमा उभिदा
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलाइ स्वीकार्य छ !!

यदि भारतले सिमा मिच्यो भन्दा
सुस्ता,कालापानी,लिपुमा झण्डा गाड्दा
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलाइ स्वीकार्य छ !!

यदि महिला हिंसा अन्त्य गर भन्दा
निर्मला,मैनाका अपराधी खोइ ? सोध्दा
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलाई स्वीकार्य छ !!

यदि तराईमा बाढिले ज्यान लग्यो भन्दा
भारतीय बाध मा बम हान्दै गर्दा
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलाइ स्वीकार्य छ !!

यदि तिम्रो दमन विरुद्ध धावा बोल्दा
क्रान्तिको दौरानमा मृत्यु वरण गर्दा
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलाइ स्वीकार्य छ !!