नजिकियो ईदुल फित्र बढ्यो सेवाईको माग, हेर्नुस (फोटोसहित)

चौलिक्कामा बेच्न राखिएको यि मिठा सेवाई

 

बाँके ,नेपालगञ्जको सिमा बजारमा सेवाईको बेचबिखन बढेको छ । मुस्लीमहरुको महत्वपुर्ण मानिने पर्व रमजान नजिकिदै गर्दा सेवाईको बेच बिखन बढेको हो । रमजानको अबसरमा नेपालगञ्जको सिमाबजार चौलिक्कामा सेवाई बेच्न राखिएको हो ।

सेवाईलाई मुस्लिम समुदायले बर्तको समयमा महत्वपुर्ण परिकारका रुपमा लिई भोजनका रुपमा प्रयोग गर्छन । मैदाको बिशेष परिकारबाट बन्ने सेवाई ईद तथा ईदुल फित्रमा बिशेष परिकारका रुपमा लिइन्छ ।