चुनाव जित्ने पक्कापक्की भएपछि मोदीले गरे यस्ताे ट्वीट

काठमाडौं – भारतको लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले फेरि बहुमत ल्याएर सरकार चलाउने स्थिति देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार एक ट्वीट गरेका छन् ।

आफ्नो निजी चौकीदार नरेन्द्र मोदी अकाउन्टबाट उनले ट्वीट गर्दै लेखे, सबैको साथ, सबैको विकास, सबैको विश्वासलाई जोड्दा विजयी भयो भारत ।