बेरोजगारलाई स्वरोजगार बनाउन ड्राइभिङ तालिम सम्पन्न

गाँउपालिकाका अध्यक्ष चौधरी भन्छन बेरोजगारलाई स्वरोजगार बनाउछौँ

बाँके,डुढुवा गाँउपालिकामा बेरोजगारहरुलाई स्वरोजगार बनाउन एक महिने ड्राइभिङ तालिम सम्पन्न भएकाे छ । डुढुवा गाँउपालिका र शुभ लक्ष्मी माेटर ड्राइभिङ सेन्टरको सहकार्यमा सञ्चालित निःशुल्क ड्राइभिङ तालिम सम्पन्न भएको हो ।

डुढुवा गाँउपालिकाका बिभिन्न वडाबाट वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ करबि दुई दर्जन युवालाई स्वरोजगारमुलक ड्राइभिङ तालिम दिइएको गाँउपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।

उपालिकाको २ लाख आर्थिक सहयोगमा एक महिने तालिम सम्पन्न गरिएको हो । १ महिनासम्म संचालन गरिएको तालिममा बिभिन्न वडाका युवाहरुको सहभागिता रहेको थियो ।  तालिमको बुधबार समापन गर्दै गाँउपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले अहिलेको विकाससँग घुल्न सक्ने सिप सवैमा हुनु पर्ने भएकोले युवालाई लक्षित गरि तालिम दिइएको बताए ।

कुनै पनि काम र सिप सानो ठुलो नहुने भन्दै यहा सिकेको सिपलाई व्यवहारमा उतारेर युवाहरुलाई स्वरोजगार बन्न आग्रह गरे । वेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्य लिएर ड्राइभिङ तालिम सुरु गरेकाले खुशी लागेको सहभागीले बताए ।

त्यस्तै कार्यक्रममा डुढुवा गाँउपालिका वडा नं ५ का अध्यक्ष प्रशुराम बुढाथोकीले ड्राइभिङ तालिम वेरोजगार युवाको लागि प्रयाप्त नभए पनी केहि युवाको लागि स्वरोजगारको बाटो बन्ने पक्का भएको धारण राखे । प्रशिक्षक तथा शुभलक्ष्मी माेटर ड्राईभिङ सेन्टरका अध्यक्ष कर्ण बहादुर परियारले अहिले ड्राईभिङ तालिम दिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अरु भिन्न किसिमका तालिम संचालन गर्नुपर्ने बताए । 

त्यस्तै कार्यक्रममा गाँउपालिका कार्य समिति सदस्य रिता परियारकाे समेत उपस्थिति रहेकाे थियाे ।