प्रहरीको गोली लागी विप्लब नेकपाका कार्यकर्ताको मृत्यु

काठमाण्डौ, भोजपुरमा विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तको प्रहरीको गोली लागी मृत्यु भएको छ ।

मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो । प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लब कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए ।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए । गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धरान पठाइएको थियो ।

मंगलवार साझ पाँच बजे धरान पठाइएको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।