नेकपाका केन्द्रीय सदस्य असल खड्का रिहा लगत्तै पुनः गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुन: गिरफ्तार गरेको छ ।

चन्द्र बहादुर खड्का ‘असल’लाई वैशाख ७ गते दाङको तुल्सिपुरबाट गिरफ्तार गरेको थियो । सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलबार भएको बहसपछि उनलाई रिहा गर्न अदालतले आदेश दिएको थियो ।

इजलास नम्बर ६ मा न्यायधिसद्वय तेजबहादुर के.सी. र कुमार रेग्मीको संयुक्त इजलासले खड्कालाई रिहा गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका उनलाई त्यहाबाट अदालतको आदेशमा रिहा गरेलगत्तै पुन प्रहरीले पक्राउ गरेको छ । नेता खड्कालाई सुनसरी लैजाने तयारी भएको बुझिएको छ ।

सर्वोच्च अदालतमा मंगलबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।