अभिभावकवाट चर्को शुक्क असुली गरेको भन्दै विद्यालयको प्रवेशद्वारमै टासियो कालो व्यानर

नेत्र विक्रम चन्द विप्लब नेतुत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दियाले अभिभावक वाट चर्को शुल्क असुली गरेको भन्दै निजी विद्यालयमा कालो व्यानर टासेको छ ।

अभिभावक वाट विभिन्न अनावस्यक शिर्षकमा चर्को शुल्क असुली गरेको भन्दै चेतावनी सोरुप बडैयाताल गाउँपालिकामा रहेको कूष्णसार एकेडेमीमा कालो व्यानर टासेको छ ।
व्यानरमा वढदो शुल्क खारेज गर, शिक्षामा भैराखेको व्यापारिकरण तथा दलालिकरण अन्तय गर, नियमानुसारको १०% छात्रवृत्ति लागु गर लगायतका भिभिन्न मागहरु छन् ।

यस अघी पनि गुलरिया नगरपालिका स्थित भेरी प्राविधिक कलेजमा पनि होस्टलको वहानामा चर्को शुल्क असुलेको लगायत सिटिईभिटीको नियम विपरीत संन्चालन गरिएको भन्दै चेतावनी स्वरुप कालो व्यानर टासेको थियो ।