सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ

बुटवल– सशस्त्र प्रहरी बल ४१ नम्बर गुल्म (औद्योगिक सुरक्षा) बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका छन् ।

सामान्य व्यापार गरेर जीविक चलाउने व्यक्तिसँग मासिक रुपमा नगद नबुझाए व्यवसाय बन्द गरिदिने धम्की दिएर घुस रकम उठाउने क्रममा सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो ।

केसीलाई बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।