राष्ट्रियताको खतरापुर्ण संकेत र नागरिकता बितरण

के हो राष्ट्रियता ?

राणाहरुको निरंकुश स्थिरता पञ्चेहरुको तानाशाही भद्रगोलता बहुदलको राजनीति अस्थिरताको फाइदा लिएर वैदेशिक चलखेल र नेपाललाई सिध्याउने रणनीति अनुसार रअ र सिआइएले सक्रिय रुपमा चलखेल गरेका छन । त्यो चलखेल नेपाललाई कसरी अस्थिर र कमजोर बनाउन सकिन्छ ।

त्यो मात्रै गर्न पश्चिमा तथा रअ सकृय रुपमा क्रियाशिल छन । उनिहरु नेपालमा धार्मिक साम्प्रदायिक जातीय क्षेत्रिय द्धन्द्धको मुद्धालाई संघियताको माध्यमबाट बिखण्डन ल्याउन नसकेपछि अन्तिम अस्त्रको रूपमा नागरिकता प्रकरण र सिके रावतलाई एकैसाथ उभ्याउने र नेपाली जनताको ध्यान मोडेर बिखण्डनकारी योजना सफलता पुर्वक लागु गर्ने सोचमा देखिन्छ ।

नेपालमा राजनीति निकासाका लागी सर्बप्रथम नेपालको ऐतिहासिक तथ्य र समाजिक बिकासलाई ऐतिहासिक भौतिकबाद तथा द्धन्दात्मक भौतिकबादी दृष्ट्रिकोणमा अध्यन गर्न अत्यन्तै जरुरी छ । नेपालको मौलिक सामाजिक संचरचनाको बिकास र त्यसको स्वरुप बुझ्ने सन्दर्भमा हरेक समयमा राजा,राणा पञ्च, काँग्रेस,कम्युनिस्ट लगायत क्षेत्रीय राजनीति पार्टीहरुले नेपाल र नेपाली समाजको ब्याख्या नेपाली मौलिकता भन्दापनी नेपाललाई प्रगति गरेको देख्न नचाहने बिदेशी तत्वको लहलहैमा जनतालाइ अन्तरबिरोधको दबदबामा फसाउने र सँधैं राजनीति अस्थिरताको जालोमा फसाउने राजनीति चरित्रको कारण नेपाली जनताले राजनीति आर्थिक सामाजिक अस्थिरताको सिकार हुन परेको हो ।

जसबाट छुटकारा पाउन नेपालमा सयौंको संख्यामा राजनीति पार्टी र दलको स्थापना गरेपनी मुलत नेपालको ऐतिहासिक तथ्य भन्दा बाहिरिकोणबाट ब्याख्या गर्ने राजनीति दलहरूको कुनै आवश्यक छैन । झन्डै सातहजार बर्षदेखि अहिलेसम्मको नेपालको ऐतिहासिक तथ्य अध्यन गर्ने हो भने नेपाल एउटा मिश्रति समाजको एकीकृत र केन्द्रिकृत बसोबासबाट बिकास भएको पाइन्छ । यसको उत्पादन प्रणाली उत्पादनका साधन र उत्पादन शक्तिमा बैज्ञानिक प्रयोगमा व्यापक परिवर्तनको खाँचो बन्दै आएको छ ।

यो परिवर्तनलाई मध्यनजर गर्न नसकेको कारण सामाजिक बिकास हुन नस्क्नुको प्रमुख कारण बनेको हो । भौगोलिक विविधता बहुभाषिक बहुजातीय बहुधार्मिक र बहुसंख्यक सँस्कृतिक समाजलाई राजा र पञ्चेहरुले हाम्रो राजा हाम्रो देश एउटै भाषा एउटै भेष भनेर परिभाषित गर्नु नेपाली राष्ट्रियतालाई केन्द्रिकृत रूपमा एक धर्म र जातीय समाजलाई मात्रै प्राथमिकता दिनुले विभिन्न जात,भाषा धर्म र भेषभुषालाई उपेक्षित गरे जस्तै भयो ।

जसबाट नेपाली समाजमा वैदेशिक बिखण्डनकारी शक्ति राष्ट्रहरुका एजेन्सीले खेल्ने अबसर पाएका हुन । नेपालमा कम्युनिस्ट काँग्रेस लगायत भर्खरै उम्रेका झिल्के राजनीति पार्टीको उदयत भयो । तर मौखिक प्रतिबद्धता भएपनी दीर्घकालीन स्पष्ट दृष्टिकोण देखिएको छैन । त्यसको लागी स्पष्ट भिजन र नेपाली मौलिक तथा अर्गानिक सिद्धान्त निष्ठ राजनीतिको जरुरी छ । नेपाल यतिबेला सबैभन्दा राष्ट्रियताको समस्या छ । मुल समस्या पनि हो । तरपनी यसलाई बुझ्ने समस्या अत्यन्तै रुढीबादी चिन्तन र तानाशाही सैलिको कारण राष्ट्रियता धेरै खतरामा परेको हो ।

के हो राष्ट्रियता ?

राष्ट्रियता भनेको चर्को चर्को भाषण र आलोचना गाली गलौजमा हुदैन । राष्ट्रियताको सुरक्षा गर्न कुनै जात भाषा धर्म बर्णमा सिमित हुदैन । राष्ट्रियता भनेको राष्ट्रमा जतिपनी जात भाषा भेषभुषा बर्ण धर्म सँस्कृतिमा आधारित नागरिकले बसोबास गरेको सिमा भित्रको भुगोल राष्ट्र हो र ती सबै समुदायले त्यो भूगोल प्रती गरिने प्रेम नै राष्ट्रियता हो ।

तराईमा धोती गुथेर हिड्ने यादव झागड सतारले हिमालमा कुनै सेर्पाको चौरी गाई हरायो भने खोज्न हिड्ने इच्छाशक्ति उत्प्रेरित हुनु र ताराईबासी कुनै नागरिकको साइकल हरायो भने हिमालको सेर्पाले खोज्न हिड्न उत्प्रेरित हुने भाबनानै त्यो देशको राष्ट्रियता हो । बिडम्बना आज बिदेशीहरुले बाडेको फेग अधिकारलाई अङ्गालेर राष्ट्र र राष्ट्रियता कम्जोर बनाइएको छ । यो प्रती सचेत हुन जरुरी छ । त्यसतो पद्धतिको बिकास गर्ने राजनीति सिद्धान्तले मात्र आम जनसमुदाय देशबासिलाई राष्ट्रियताको महत्व बुझाउने महत्वपूर्ण संस्कारको बिकास भुमिमा राष्ट्रिय एकताको बिकास गराउने मद्दत गर्न सक्छ ।

राष्ट्रियतामा देखिएको चुनौती र समस्या

राजनीति स्वार्थ सिद्धान्तका लागि राष्ट्रियताको चर्को र उग्ररूपले सडकमा जसले धेरै भाषण गर्दै हिडिरहन्छ । प्रायजस्तो त्यस्तै छदमभेषी लफङ्गाहरुबाट राष्ट्र खतरामा पर्ने सम्भावना हुन्छ । अर्कोकुरा देशमा जतिपनी बिदेशी आइएनजिओ र एनजीओ बिकास शिक्षा स्वास्थ र मानबअधिकारको नारा लिएर देशका ग्रामीण गाउँ बस्तीमा र सहरहरूमा छ्याप्छ्यप्ती पुग्छन तिनीहरुले फैलाएको फेग जातीय धार्मिक तथा क्षेत्रीय अधिकारका फुस्रा कोरा कल्पनाले राष्ट्रिय एकता सामाजिक अन्तरबिरोधको पैदा गराउने कुचेष्ठा गरेका छन ।

एउटा चुनौती यस्ता खाले सयौंको संख्यामा रहेका एनजीओलाई सामाजिक बहिष्कारको चुनौतीपूर्ण समस्या छ । त्यसैसग जोडिएको नेपाली राजनीति चरीत्रलाई जनसमुदायले बुझ्न नसक्नु अर्को समस्या रहेको छ । एनजीओ र त्यसैलाई गोप्य रुपमा बाहिरी राजनीति खोल बनाएर भित्री रूपमा एनजीओको मातहतमा राजनीति पार्टी र सरकार देश संचालन गर्न खोज्ने छदम राष्ट्रघातिहरुलाई आम जनसमुदाय स्पष्ट हुन जरुरी छ । यो समस्या अत्यन्तै कष्ट र चुनौतीपूर्ण छ । होलि वाइन र नागरिक्ता बिध्यकसम्मको प्रकरण त्यसैको योजनाबद्ध तथा रहस्यमय घटनाको सुरुवात हो ।

नागरिकता के हो र यसको महत्व कस्तो हुन्छ ?

नागरिकता भनेको आफ्नो पुर्खाको जन्मिदाको नाभि र मर्दाको अस्तु जुन जमिनमा गाडिएको छ । त्यस प्रतिको देशप्रेम मा प्रतिबद्ध इमानदार पुस्ताले नागरिकले त्यो राष्ट्रको परिचयपत्र नै नागरिकता हो । अन्तर्रा्ष्ट्रिय जगतमा नागरिक परिचयपत्रको महत्व अत्यन्तै छ । नेपालमा पनि त्यसको महत्वपुर्र्ण झन छ । झन्डै १९१० सालमा घोषित ताम्रापत्र र भुमिको पञ्जिकरणसगै नागरिक परिचयपत्र दिनेकुरामा बिभेदभएको पाइन्छ ।

त्यसैलाई सम्बोधन गर्ने बहानामा बिहार युपिबाट दिनभरि बेसार आलु प्याज टमाटर बोकेर भारतको नाकाबाट छिर्ने साझपख फर्कदा कुनै ब्यापारीबाट हजार पाँच सयमा नेपाली नागरिकता किनेर गोजीमा बोकेर हिडेको अवस्था आउन नदिन बेलैमा सचेत हुनुपर्छ । तराइबासी नागरिकको समस्या नागरिकता होला त्यसमा उचित छानबिन गरेर नागरिकता दिन सकिन्छ ।

तर रअ र सिआइएको योजनामा अहिलेनै अंगीकृत नागरिकता दिहाल्दा ठूलो त्रुटि हुनेछ । सिके रावतको नयाँ अवतरण केपि प्रचण्डको पार्टी एकता बाबुराम र उपेन्द्रको अर्को एकता रेशम चौधरीको आजीवन जन्मकैदको फैसला सबै सिआइएको सेटिङमा भएको हो ।

भोलि त्यसैमा टेकेर जनमतसंग्रह गराएर नेपालको तराई पहाड हिमाल टुक्राउने योजना हो रअ र सिआइएको अनुकुल्तामा बनेको नागरिकता बिद्ययक संसदमा बिचाराधिन अबस्थामा रहेकोे बेला गृहमन्त्रालयबाट बंशजको आधारमा नागरिकता बितरण गर्नु भनेर परिपत्र जारि गर्नु भनेको सिदासिदा गृह प्रसासन समेत बिदेशी काबुमा रहेकोे पुष्टि गर्दछ । यो अबस्थामा यस्ता राष्ट्रघात जनघातका कार्य विरुद्धमा हिमाल तराई पहाडका सम्पुर्ण जनशक्ति संगठित बिद्रोहमा जुटन जरुरी देखिन्छ । नेपालको मौलिकता बिपरित ऐतिहासिक तथ्यको विरुद्धमा नागरिकता बितरण गरिएको छ ।