गिरफ्तार विद्यार्थी नेता रिहाई गर्न संगठनको माग

रिहाई नगरिए कडा संघर्षमा जाने चेतावनी

अछाम, विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अनेरास्वबियु (क्रान्तिकारी) जिल्ला समिती अछामले गिरफ्तार गरिएका आफ्ना विद्यार्थी नेता रिहाई गर्न माग गरेको छ ।

अछामको मंगलसेन नगरपालिकाको गाडी आगजनी गरेको आरोपमा संगठनका जिल्ला सचिब एकेन्द्र नाथ र सह-सचिब दिपेन्द्र जैगडी लाई जेठ ३ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

संगठनको तर्फ वाट क. बिमर्षले आईतवार एक विज्ञप्ती जारी गर्दै देश परिवर्तनका संवाहक विद्यार्थीहरुलाई फरक राजनीतिक विचार राखेकै आधारमा झु्ट्टा मुद्धा लगायर गिरफ्तार गरिएको प्रती आपत्ती जनाउनुको साथै विनासर्त रिहाईको गर्न माग गरेका छन् ।

अज्ञात समुह द्धारा वैशाख ३१ गते मध्यराती मंगलसेन नगरपालिकाको करिव एक करोड बिस लाख मुल्य वरावरको मेयर चडने गाडीमा आगजनी गरिएको थियो । आगजनिमा संलग्नहरुको खोजी कार्य तिव्र गतिमा भैरहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस विज्ञप्ती