जब सांसद कृष्णा केसी ४ घण्टा प्रदर्शनकारीको घेरामा परिन्….

भन्छिन’यस्तो बेला आफ्नै मुलुक बिरानो भएको महसुस गरेँ

नेपालगञ्ज, बाँके नरैनापुर साँझ झमक्क पर्नै थालेकाे थियाे ।  आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएकी प्रदेश ५ की सांसद कृष्णा केसी पनि ६ बजे प्रहरी कार्यालयमा पुगेकी थिइन् ।

उनि बिशेष कामले उक्त क्षेत्र पुगेकि थिइन ।  संयाेगबस उनी पनि भारतीयहरुको घेराबन्दीमा परिन । केसी भन्छिन ‘मलाई सीमा क्षेत्रका मान्छेले घेरेर पक्राउ परेका भारतीय नागरिक नछुटाएसम्म कतै जान नदिने धम्की दिए ‘ उनले भनिन् ।  ४ घण्टासम्म प्रहरी कार्यालयमा  घेरा हालेर बार्गेनिङ गरियो ।

शनिबार पत्रकार सम्मेलन मार्फत सांसद् केसीले जानकारी गराउँदै भनिन्, ‘सबै घरेलु हातहतियारसहित थिए,’ केसीले भनिन्, ‘अपराधी छुटाउने मेरो अधिकारको कुरो थिएन । त्यो प्रशासनले अनुसन्धान गर्ने हो भन्दा स्थिति झनै डरलाग्दो बन्यो ।’

राती पौने दश बजे मात्रै जिल्लाबाट थप प्रहरी सुरक्षाका लागि आयो । प्रशासनले थप सुरक्षा बल बेलैमा पठाइदिएको स्थिति नियन्त्रणमा लिन सहज पर्ने उनले तर्क गरिन् ।

‘यस्तो बेला आफ्नै मुलुक बिरानो भएको महसुस गरेँ ।’ उनले सीमावर्ती क्षेत्रमा असुरक्षा बढ्दो देखिएकाले राज्यले यहाँ सुरक्षा शक्ति बढाउनुपर्ने बताइन् । आफूले यस विषयमा सरकार समक्ष कुरा राख्ने उनले बताइन् ।

कुराे यस्ताे थियाे 

५ किलो चरेससहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरी हिरासतबाट मुक्त गर्न शुक्रबार बाँकेको राप्तीपारी तनावग्रस्त बन्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ६५ राउन्ड गोली नै चलाउनु पर्याे  ।

देवीदिन बिक नाम गरेका भारतीय नागरिक राप्तीपारी नरैनापुरमा चरेससहित पक्राउ परेपछि उनलाई छुटाउन भन्दै सीमापारिका अधिकांश नागरिक नेपाल छिरेर प्रहरी कार्यालयलाई घेराउ गरेसँगै स्थिति तनावग्रस्त बन्याे ।

सीमापारिबाट आएका भारतीय युवाले देवीदिन विक नछोडेसम्म घेरा हाल्दै प्रहरीका गाडीमाथि ढुङ्गा मुढा र आगजनी गरेको बाँके प्रहरी बताएकाे छ । प्रहरीका अनुसार स्थानीय हाटबजारमा पसल थाप्दै आएका देवीदिनले तस्करी गरेको लागूपदार्थ सहित नेपालमा प्रहरीले उनलाई पक्रिएको हो । देवीदिनमाथि प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।