नजरमै गढेको छ तिम्रो चहलपहल

गजल

हिजोआज बढेको छ तिम्रो चलहपहल
नजरमै गढेको छ तिम्रो चहलपहल ।

गाँउघरमा हल्ला चल्यो भन्न सुनेको छु
कुन शहरमा सडेको छ तिम्रो चहलपहल ।

झर्न बेर लाग्दैन होस पुर्याएर जानु
धन्न सिढीं चढेको छ तिम्रो चहलपहल ।

उठाउने कोही हुन्नन हेर्ने धेरै हुन्छन
बिच सडकमा लडेको छ तिम्रो चहलपहल ।

मुर्ख हैन उ झुक्याउन नखोज्नु
पाना पल्टाई पढेको छ तिम्रो चहलपहल ।

खत्याड गाँउपालिका , मुगु