आफ्नै अनुयायीलाई बेपत्ता पारेको आरोपमा प्रहरीको खोजिमा रहेका बम्जन देखा परे

काठमाण्डौ, अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित आश्रममा देखापरेका छन् । प्रहरीले खोजी गर्न थालेपछि उनी ६ महिनादेखि सार्वजनिक भएका थिएनन् ।

अनुयायीले बम्जन पुसदेखि पैरे आश्रममा रहेको बताउँदै आएका थिए । प्रहरीले भने खोजी गर्दा नभेटिएको जनाउँदै आएको थियो । तर, शुक्रबार बोधी श्रवण धर्म संघ सिन्धुलीले आयोजना गरेको १४ औं विश्व शान्तिमैत्री पूजामा अनुयायीसँगै उनी सार्वजनिक भए । २३ राष्ट्रबाट ४ सय महात्मा गुरुसहित शुक्रबार ६ हजारभन्दा बढीलाई बम्जनले दर्शन दिएको संघका केन्द्रीय सदस्य छत्र घिसिङले बताए ।

‘बिहीबारदेखि आश्रममा आयोजित अनुष्ठानमा गुरुले सबैलाई दर्शन दिइरहनुभएको छ’, उनले भने, ‘यो पूजामा शुक्रबार दिउँसोसम्ममा विभिन्न देशका नागरिकसहित ६ हजारभन्दा बढीले दर्शन गरेका छन् । गुरुको दर्शन शनिबार साँझसम्म गर्न पाइन्छ ।’ 

अन्नपूर्ण वाट