स्वास्थ्यतर्फ कुल बजेटको दश प्रतिशत पु¥याउन पहल गरेको छु– स्वास्थ्य मन्त्री यादव

काठमाडौं, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।

 

यसअघिको बजेटमा स्वास्थ्य तर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पु¥याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए ।

महाराजगंजस्थित कान्तिबाल अस्पतालमा बिहिबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने,– –‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो । देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो । त्यसलाई कम्तिमा दश प्रतिशत पु¥याउन मैले प्रधानमन्त्रीज्यूसंग र योजना आयोगमा कुरा गरेको छु ।’

थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत बजेट विनियोगन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए । कान्तिबाल अस्पतालको व्यवस्थापनलाई मन्त्री यादवले उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।

कर्मचारी समायोजन सम्पन्न भए लगत्तै देशभरीको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरी आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पु¥याउन पहल गर्ने मन्त्री यादवले जानकारी दिए । टेकुस्थित परिवार स्वास्थ्य महाशाखाले करिब ८० लाख मूल्यको उपकरण बिहिबार कान्तिबाल अस्पताललाई उपलब्ध गराएको छ ।